सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

10 October, 2018 10:53 | प्रदेश , प्रदेश ७ | comments | 31500 Views

सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

adsads

गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बैठक बसेको सभामुख थापाले बैठकमा जानकारी दिनुभयो । प्रदेशका नामाङ्कन र स्थायी राजधानी रहने स्थानको टुङ्गो यही वर्षे अधिवेशनले लगाएको छ ।

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ राख्ने प्रस्ताव संसद्को दुईतिहाइले पारित गरेको थियो ।

यस्तै प्रदेशसभा गठन भएको झण्डै आठ महीनापछि प्रदेशसभामा रहेका विभिन्न समितिका सभापतिको निर्वाचन पनि यही अधिवेशनले गरेको छ ।

वर्षे अधिवेशनले स्थानीय तहको कानून निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक, स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीको सेवा, सुविधासम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्री र प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक, अर्थ विधेयक, कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी विधेयकजस्ता १५ विधेयक पारित गरेको छ ।

मङ्गलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन) २०७५ को दफा १० लाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरिएको छ ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गर्नुभएको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई समेत बैठकले पारित गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!