सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनःस्थगन

27 June, 2019 10:50 |प्रदेश , प्रदेश ७ | comments | 18300 Views

    सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न ३ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

    adsads

    प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि असार १ गते प्रस्तुत गरेको बजेट माथिको छलफल अघि बढ्न सकेको छैन ।

    सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनतापार्टीका सदस्यको अवरोध गरेपछि यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । असार ८ गतेका लागि तोकिएको बैठक पनि स्थगन गरिएको थियो ।

    सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!