सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

18 November, 2018 11:28 |प्रदेश , प्रदेश ७ | comments | 40650 Views

    सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।

    शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो भन्नुभयो ।

    adsads

    यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गर्नुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    फेसबुक

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!