सुनको मूल्य दैनिक आकाशिंदै- शुक्रबार तोलाको मूल्य १ लाख ३ हजार ४ सय

7 August, 2020 16:40 | अर्थ | comments | 16950 Views

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा शुक्रबार पनि अप्रत्याशित रूपमा बढेको छ ।

बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख तीन हजार निर्धारण भएको छ ।

  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज चाँदीको मूल्य रु ६० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ४०५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०६१।५१ र सोही परिमाणको चाँदीको मूल्य २८।४९ अमेरिकी डलर कायम भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More