सुनील र आरिफलाई सिप्रदीको साथ

7 September, 2016 19:54 | खेल | comments | 69450 Views

Sipradi Sponsor

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का यतिबेला युवा क्रिकेटरहरुको भविष्य सुनिश्चित गरी क्रिकेटमा निरन्तर लागिपर्ने अभियानमा लागेका छन् । यस क्रममा उनको सक्रियताले क्रिकेटहरुले विभिन्न कम्पनीबाट प्रायोजन गराइरहेका छन् ।

यसैक्रममा युवा क्रिकेटरद्वय सुनील धमला र मोहम्मद आरिफ शेखलाई सिप्रदी ट्रेडिङले दुई बर्षका लागि प्रायोजन गरेको छ । यो प्रायोजनपत्रमा सिप्रदी ट्रेडिङका निर्देशक सम्भुप्रसाद दाहाल र खेलाडीद्वयले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

  

सम्झौता अनुसार सुनील र आरिफले सिप्रदीबाट मासिक २० हजार पाउनेछन् । त्यसबापत उनीहरुले सिप्रदीको प्रवर्धनका लागि सहभागी हुनु पर्ने छैन ।

क्रिकेट खेलाडीहरुको साझा संस्था क्रिकेट प्लेयर एशोसिएसन अफ नेपालको पहलमा युवा क्रिकेटरहरुलाई व्यवसायिक प्रतिष्ठानसँग प्रायोजन सम्झौता गरिएको हो । यसअघि तीन खेलाडीले यस्तै खाले प्रायोजन सम्झौता गरिसकेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै एशोसियसनका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलाडीहरुले कुनै पनि प्रकारको दवावबिना मैदानमा शतप्रतिशत प्रदर्शन गर्न सकुन् भनेर आफुहरुले युवा खेलाडीलाई प्रायोजनका गरेको प्रस्ताव स्वीकार गर्ने व्यवसायिक प्रतिष्ठानलाई धन्यबाद दिनुभयो ।

सम्झौता कार्यक्रममा बोल्दै सिप्रदीका निर्देशक दाहालले मासिक २० हजारका अलावा खेलाडीहरुका लागि आवश्यक क्रिकेट किटको व्यवस्था पनि गर्न सकिने जानकारी दिए ।

प्रायोजन सम्झौतापनि खेलाडीहरुले व्यवसायिक घरानाको साथले क्रिकेटमा लाग्न अझै प्रेरित गरेको प्रतिक्रिया दिए ।

शैली र प्रणाली नबदले यहाँभन्दा माथि पुग्दैन नेपाली क्रिकेट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More