सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्तासुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता
  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता
  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता
  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता
  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता
  • सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

17 June, 2019 12:00 |पत्रपत्रिका | comments | 11400 Views

    तर, निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले

    बिपी जेल बसेको सुन्दरीजलबाट माटो बोकेर शुक्रबार कोइरालानिवास विराटनगर पुगेका करिब दुई सय कार्यकर्ताले आँगनमा ढोगे

    सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

    ३१ जेठमा झन्डै दुई सय कांग्रेस कार्यकर्ता विराटनगरस्थित कोइरालानिवास पुगे । काठमाडौंबाट कोइराला परिवारको उद्गम थलो सिन्धुलीको दुम्जा हुँदै विराटनगर आइपुगेका उनीहरूले बिपी कोइराला आठ वर्ष थुनिएको सुन्दरीजलस्थित जेलको माटो पनि साथमा ल्याएका थिए ।

    adsads

    कांग्रेसको उद्गम थलो भन्दै उनीहरूले कोइरालानिवासको द्वारमा शिर टेकाए र भित्र पसे । उनीहरूलाई मेयर भीम पराजुली र कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले स्वागत गरे । बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलको नेतृत्वको यो टोली बनारस तथा कांग्रेसका अन्य नेताहरूको जन्मथलो पनि पुग्ने बताइएको छ ।

    यहाँ आइपुगेका कांग्रेस कार्यकर्ता आक्रोशित थिए । कोइरालानिवासमा खटिएका सशस्त्र प्रहरीको सुरक्षा दस्ता सरकारले भर्खरै हटाएकोमा उनीहरू रुष्ट थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि खटिएको सुरक्षा हटेपछि कांग्रेसवृत्तमा भुइँचालो नै गएको छ । मेयर पराजुलीले नगररक्षक खटाएर निवासमा पहरा दिन लगाइरहेका छन् ।कांग्रेसका सांसदहरूले प्रदेश सभामा हटाइएको सुरक्षाकर्मी बहाल गर्न माग पनि गरे । तर, सरकारले कोइरालानिवास व्यक्तिगत घर भएकाले सुरक्षा आवश्यक नभएको भन्दै हटाएको प्रतिक्रिया दिएको छ । सरकारले कांग्रेसको तीर्थलाई अपमान गरेको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको यो स्थान मासिने चिन्ता उनीहरूमा थियो ।

    कांग्रेस कार्यकर्ता कोइरालानिवासलाई आस्थाको धरोहर तीर्थस्थल मान्छन् । तर, कोइराला खलकका सन्तानले यो स्थान अंशबन्डा गर्दै बेच्दै गरिरहेका छन् । सुरुमा कोइरालानिवास दुई बिघाजति जमिनमा फैलिएको थियो । कृष्णप्रसाद कोइरालाका पाँच भाइ छोरामध्ये मातृकाप्रसादले आफ्नो अंश पहिल्यै लिइसकेका थिए । विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारणीप्रसाद र गिरिजाप्रसादले अंशमा ८–८ कट्ठा पाएका थिए । तिनका सन्तानहरूले जग्गा बेच्दै गएका छन् भने बेचिएका जग्गामा ठुल्ठूला घर बन्न थालेका छन् ।

    त्यसैले कोइरालानिवासको दिनदिनै रूप गुम्दै गएको छ । निवासको बाटो मात्र होइन पूरै सौन्दर्य छेकिदिएको छ । पहिले एउटै रहेको निवासमा अब आउनेजाने बाटोसमेत अलगअलग भएको छ । सुजाताले आफ्नो भागमा परेको जमिनमा बुबा गिरिजाप्रसादको नाममा जिपी फाउन्डेसन खोलेर तीनतले भवन बनाइसकेकी छिन् । यो भवनले कोइरालानिवासको पुरानो मुख्य भवन नै छेकिदिएको छ । उनले जिपी संग्रहालय पनि बनाउँदै छिन् ।

    कृष्णप्रसाद कोइरालाले वि.सं. १९९० तिर काठ, बाँस र माटो प्रयोग गरी बनाएको घर अहिले पनि उस्तै छ । पछि क्रमशः सिमेन्टका दुईवटा घर थपिए । कृष्णप्रसाद कोइराला हुँदैदेखि यहाँ चहलपहल हुन्थ्यो । त्यतिखेर व्यापारिक काम र भूमिगत राजनीतिका लागि प्रयोग हुन्थ्यो यो स्थान । ०१७ सालपछि पनि सुनसान भएन यो निवास । कांग्रेस सत्तामा रहँदा त यहाँको चहलपहल नै बेग्लै हुन्थ्यो । कृष्णप्रसादका तीन पुत्र मातृका, बिपी र गिरिजा प्रधानमन्त्री भए । पार्टी चलाउने केन्द्र कोइरालानिवास नै थियो । दर्जनौँ कार्यकर्ताको आवतजावत हुन्थ्यो ।

    बिपी जीवित रहुन्जेल बारम्बार यहाँ आइरहन्थे । ६ साउन ०३९ मा काठमाडौंमा उनको निधन हुँदा विराटनगरको निवासमा कार्यकर्ताले एक वर्षसम्म विगुत राखेर, बत्ती बालेर श्रद्धा प्रकट गरेका थिए । त्यो कोठामा अझै पनि बिपीको बडेमानको तस्बिर सजाएर राखिएको छ । कर्मचारी, प्राध्यापकदेखि दुःख पाएकाहरूसम्म आइपुग्थे । नोना कोइराला रहुन्जेल निवासमा आशीर्वाद लिनेहरूको सधैँ घुइँचो हुन्थ्यो । चाँजोपाँजो मिलाउन सिपालु थिइन् उनी । निवासको संरक्षणमा खुव ख्याल गर्थिन् । उनको कोठालाई पनि अहिले तस्बिर सजाएर राखिएको छ ।

    गिरिजा प्रधानमन्त्री भएका वेला पटकपटक विश्राम लिन विराटनगर आउने गर्थे । त्यसवेला झन् भिडभाड हुन्थ्यो । दर्जनौँ मोटर हुन्थे प्रांगणमा । पत्रकारहरू ‘स्कुप’ लिन ढोका कुरेर बस्थे । घर साँघुरो भएपछि आँगनमा सामियना लगाएर भेटघाट गर्न आउनेलाई प्रतीक्षालय बनाइन्थ्यो । गिरिजाप्रसादले कार्यकर्ता भेट्ने र पत्रकार सम्मेलन गर्ने ठाउँ सजाएर राखिएको छ । सोफा, कुर्सी, फोटा उसैगरी राखिएका छन् । तर, अंशबन्डाका कारण जमिन टुक्रिँदै जाँदा यी समान संरक्षित नहुने हो कि भन्ने डर कांग्रेस कार्यकर्तामा देखिन्छ । कोइरालानिवास विराटनगरको शान र देशको गौरव भएको भन्दै कतिपय पुराना कार्यकर्ता यहाँको जग्गा बिक्री गर्न नदिन झन्डा गाड्ने, जेलको माटो ल्याएर ढोग्नेजस्ता क्रियाकलाप गरिरहेका छन् ।

    सबैको आशा सुजाता र शेखरमा
    अब बिपी र जिपीका उत्तराधिकारीमा डा. शशांक, डा. शेखर र सुजाता राजनीतिमा सक्रिय छन् । त्यसैले कोइरालानिवासको संरक्षण उनीहरूले नै गर्नुपर्ने धेरैको सुझाब छ । ‘कोइरालानिवासको अवस्था देखेर अहिले धेरै कांग्रेसी कार्यकर्ताको मन दुख्छ, चित्त फाट्छ,’ मेयर भीम पराजुली भन्छन्, ‘एकता र आदर्शको प्रतीक रहेको यो स्थान फुटको प्रतीक नबनोस् । अझै केही बिग्रेको छैन । निवासलाई सामूहिक संरक्षण हुनुपर्छ भन्ने माग छ सबैको ।’कोइरालानिवास मास्नु भनेको गिरिजा र बिपीको इतिहासलाई मास्नुसरह भएको उनको भनाइ छ । कोइरालानिवास जोगिए मात्र कांग्रेस जोगिने कार्यकर्ता बताउँछन् ।कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारी कोइरालानिवास कांग्रेसको तीर्थस्थल भएकाले यसलाई तीन कोइरालाले कहिल्यै बिरानो बन्न दिन नहुने बताउँछन् । त्यसका लागि उनीहरू एक हुनुपर्ने उनको सुझाब छ ।

    कांग्रेसजनले पुण्यभूमि मानेको यो जमिन कोइरालाका सन्ततिहरूका लागि भने जायजेथा मात्रै

    – मातृकाप्रसाद कोइरालाले आफ्नो भागको जग्गा ००७ सालमै लिएका थिए । कोइरालानिवासको मुख्य घरको उत्तरतिरको घरमा मातृकाप्रसादले जीवनका धेरै निष्क्रिय समय व्यतीत गरे । उनको निधनपछि यो सम्पत्ति छोरा कमल कोइरालाको जिम्मामा छ ।
    मातृकाप्रसादको सम्पत्ति अलग भए पनि अरू चार भाइ बिपी, केशव, गिरिजाप्रसाद र तारिणीप्रसादको परिवार सगोलमा थिए ।

    – जनमतसंग्रहमा पराजयपछि ०३७ मा विराटनगर पुगेका बिपी कोइरालाले घरका अगुवा पुरुषलाई बोलाएर सम्पत्ति बाँडफाँड गराएका थिए । पारिवारिक सूत्रका अनुसार महिलाहरूलाई ‘आज तिमीहरू सिनेमा हेर्न जाऊ’ भनेर भाइहरूबीच अंशबन्डा गरी भएको थियो । कुल दुई बिघा जमिन बाटो छोडेर चार भाइलाई आठ–आठ कट्ठा बाँडिएको थियो । बाँडफाँड गर्दा कोइराला परिवारको मूल घर केशवको नाममा प-यो । केशवको निधनपछि सो घर छोराहरू शेखर र निरञ्जनको नाममा छ । जनमतसंग्रहपछि निरञ्जन भारततिर गए र दिल्लीमै व्यवसाय गरेर बसे । त्यसैले यो घर अहिले शेखरको जिम्मा छ । तर, बिपी र गिरिजाप्रसादले राजनीतिक भेटघाटका लागि यही घरलाई प्रयोग गरिरहे । शेखरले यो घर मात्र होइन, कोइराला परिवारको बिरासत पनि जोगाएका छन् ।

    – मुख्य घरको दक्षिण–पूर्वको जग्गा बिपी कोइरालाको नाममा थियो । यो जग्गामा एउटा गोठ र भान्सासमेत थियो । बिपीलाई भेट्न आउने आगन्तुकलाई यहाँ सत्कारसाथ खाना खुवाउने व्यवस्था थियो । तर, यो जग्गा अहिले कोइराला परिवारको नाममा छैन । बिपीपछि सम्पत्तिको अधिकार पाएका प्रकाश, श्रीहर्ष र शशांकले स्थानीय जग्गा व्यापारी भरत कोइरालामार्पmत बेचेका छन् । यसरी कोइरालानिवासमा बिपीका सन्तानको स्वामित्व समाप्त भएको छ ।

    – मूल घरबाट पूर्वपट्टिको घरजग्गा गिरिजाप्रसाद कोइराला हुँदै सुजाताको नाममा आएको छ । देशले सम्मान गरेका गिरिजाप्रसादको नाममा संग्रहालय बनाउन कोइराला परिवारभित्र पनि सुजाताको नामको जग्गा मात्र काम लाग्यो । त्यो पनि आधा मात्र । संग्रहालय बनाउने उद्देश्यसाथ सुजाताले आफ्नो नामको आधा जग्गा जिपी फाउन्डेसनलाई दिएकी छिन् ।

    – सम्पत्ति बाँडफाँड हुँदा बिपीका भाइ तारिणीको निधन भइसकेको थियो । त्यसैले उनको सम्पत्तिको अधिकार छोरा ज्योतिले पाए । मूल घरबाट पूर्व–उत्तरको सम्पत्ति पाएका ज्योतिले पनि आफ्नो अंश जोगाउन सकेनन् । आधा जमिन उनले बेचिसकेका छन् भने आधा बाँकी छ ।

    आजको नयाँ पत्रिकामा खबर छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!