सुमार्गीको हेलो नेपालले तिरेन ८० करोड भयो लाइसेन्स खारेज

19 August, 2019 22:00 | कर्पोरेट/पर्यटन | comments | 19200 Views

अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएपछि प्राधिकरणले उसको लाइसेन्स खारेज गरिदिएको छ ।

प्राधिकरणले कम्पनीलाई जेठ मसान्तको अन्तिमसम्म रकम तिर्न समयसीमा दिएको थियो ।

adsads
तर सो समयमा नतिरेपछि भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो।

हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको टेलिकमले तिर्नुपर्ने रकम नतिरेपछि आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो । ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्ने गरी कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो ।

नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ । उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन ।

प्राधिकरणले लाइसेन्स खारेज गरे पनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्छ । यसरी पुनरावेदनमा सरकारले निर्णय गरेर सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिने ठाउँ भने कायमै छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More