सुमार्गीबाट ४ अर्ब ३१ करोड ९५ लाख लाभकर उठाउने बाटो खुल्ला

24 June, 2019 12:09 |अर्थ | comments | 14850 Views

    विवादित व्यवसायी अजय सुमार्गीले २०६८ सालमा साइप्रस स्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा पाएको पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्नुपर्ने निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ ।

    सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागलाई व्यवसायी अजेयराज सुमार्गीबाट ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर लिन बाटो खोलिदिएको छ ।

    adsads

    विभागले निर्धारण गरेको करको कार्यान्वयन नगर्न आदेश माग्दै परेको रिटमाथिको पहिलो सुनुवाईमै न्यायाधीश सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासले उनले मागेअनुसारको अन्तरिम आदेश जारी नहुने भनेपछि सुमार्गीसंग कर असुल्ने बाटो खुलेको छ ।

    पछिल्लो समय सुमार्गीले कर निर्धारण कार्यान्वयन नगर्ने आदेश माग्दै रिट दायर गरेका थिए । उक्त रिट२०६८।६९ साल वैशाख ३१ गते कर निर्धारण गरिए पनि त्यसको पत्र औपचारिक रूपमा नबुझ्दै सुमार्गी आफूलाई गर्न लागिएको कर निर्धारण नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश माग्दै दायर गरिएको थियो ।

    कर निर्धारण गर्नु अघि राजस्व विभागले कर तिर्नु नपर्ने आधारबारे जवाफ दिन वैशाख ११ मा सुमार्गीलाई भनेको थियो । उनले लिखित जवाफ पनि पेश गरेका थिए । वैशाख ३१ मा कर निर्धारण भयो । उनले जेठ ३१ मा करनिर्धारण भएको थाहा नपाएझै गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    जेठ १ मा सर्वोच्चका न्यायाधीश वम कुमार श्रेष्ठले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरिदिए ।

    यता कार्यालयले भने सर्वोच्चको आदेश आउनु अघि नै कर निर्धारण भएको भन्दै कर तिर्न सुमार्गीलाई ताकेता गरिरह्यो ।  सर्वोच्चको पछिल्लो आदेशले सुमार्गीमा छटपटी बढको छ ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!