सुरज मल्लको अन्त्येष्टिका लागि आर्थिक सहयोगको अपिल

7 December, 2019 16:34 | जापान | comments | 33150 Views

टोकियोमा अध्ययनरत नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएपछि उहाँको अन्त्येष्टिका लागि आर्थिक संकलन अभियान सुरु भएको छ ।

सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर ५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दुस्खद निधन भएको थियो ।

  

नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र आकस्मिक शल्यक्रियाकै क्रममा आइतबार बिहान ११ बजे निधन भएको प्रहरीले जनाएको छ ।

मल्लको अन्त्यृष्टिका लागि जापानमा कृयाशिल सामाजिक संस्था सुदुरपश्चिमेली समाज जापानले शनिबारदेखि स्वर्गिय मल्लको अनत्येस्टिका लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ । समाजका अध्यक्ष एकेन्द्र थापाले जापानका सबै सामाजिक संघ संस्था तथा सर्बसाधारणमा सहयोगका लागि हार्दिक अपिल पनि गर्नुभएको छ ।

समाजले समाजको जापान हुलाक खाता १०१००-९१२८२९२१ मा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

यसैबीच एनआरएनए जापानले पनि स्वर्गिय मल्लको अनत्येस्टिका लागि सबैमा सहयोगको अपिल गरेको छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले मल्लको सहयोगका लागि आफुहरु लागिपरेको जनाएका छन ।

टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More