सुर्खेतका पत्रकार गेलाङको टिपरको ठक्करबाट मृत्यु

12 June, 2019 20:24 | जन सरोकार | comments | 8400 Views

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिव तथा लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट पत्रकार मृत्यु भएको छ ।

रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

adsads

प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहनुभएका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ ।

मोटरसाइकलमा सवार उहाँलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

आफ्नै साईडमा गुडिरहेको मोटरसाईकललाई टिपरले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्कर दिएलगत्तै टिप्पर चालकले ब्याक गरेर उहाँलाई मारेको र चालक फरार रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!