सेनाद्वारा बाराका मुसहर, पासवान, माझी समुदायलाई कम्बल वितरण
नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको श्री नं. २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरूपमा विपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई राहतस्वरुप १५० वटा कम्बल वितरण गरेको हो ।
स्थानीय सर्वसाधारण र बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीले प्रयोग गर्ने गरी कम्बल वितरण गरिएको सेनाले जनाएको छ । राहत वितरण कार्यक्रममा श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेलगायत स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा श्री चन्दननाथ गणले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयलाई चिया बिस्कुटको व्यवस्थासमेत गरेको थियो । कार्यक्रममा बाहिनीपति खड्काले चिसोको कारण असहज जीवनयापन गरिरहेका विपन्न समुदायलाई राहत वितरण गरी सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताउनुभएको छ ।
कम्बल पाएपश्चात स्थानीय विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारले खुशी हुँदै सेनालाई धन्यवाद दिएका थिए । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत वितरण गरेकामा निकै खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो ।
चन्दननाथ गणले गत हप्ता पनि करैयामाई गाउँपालिकाको उमजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ४५० स्थानीयले स्वास्थ्य सुविधा लिएका थिए । सेनाले विपद्जन्य परिस्थितिमा उद्धार एवं राहत वितरण जस्ता परोपकारी कार्यलगायत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


