सेप्टेम्वर २२ मा नेपाल पत्रकार महासंघ जापानको अधिवेशन, सदस्यता आवेदन खुल्ला

22 July, 2019 15:03 | जापान | comments | 6750 Views

एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने

नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२मा अधिवेशन हुने भएको छ । महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

adsads

वैठकले अधिवेशनका लागि अध्यक्ष मोहन घलेको संयोजकत्वमा मुल आयोजक समिति तयार गरेको छ ।

यसै गरी वैठकले महासघको सदस्य नविकरणसंगै क्रियाशील पत्रकारहरुका लागि नयाँ सदस्यताको आवेदन पनि खुल्ला गरेको छ । अगस्ट २० तारिकसम्म प्राप्त आवेदनलाई नयाँ सदस्यता वितरण गर्ने तथा पुराना सदस्यहरूको परिचयपत्र नविकरण गर्ने जनाएको छ । त्यसै गरी गरी प्राप्त आवेदनहरुलाई संयोजन गर्न महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिले आवेदनहरूको आवश्यक छानविन गरि केन्द्रमा पठाउन सिफारिस गर्नेछ।

यसै गरी बैठकले अगष्ट ४ तारिक टोकियोमा जापानमा क्रियाशील अनलाइन पत्रिकाका सम्पादक तथा क्रियाशील पत्रकारहरुबीच एक अन्तक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । अग्रज पत्रकार तथा जापानवासी नेपाली समुदायका विशिष्ठ पदाधीकारीहरूको सहभागितामा कार्यक्रमको आयोजना गरिने छ ।

रिक्त पदाधिकारीमा थापा र अधिकारी
कार्यसमिति वैठकले नेपाल पत्रकार महासंघ जापान शाखामा रिक्त रहेको सदस्य पदमा सरीता थापा नागोया र गोर्कण अधिकारी टोकियोलाई पदपूर्ति गरिएको छ । जापानमा कृयाशिल पत्रकारिता गरेको आधारमा दुवैलाई सिफारिस गरिएको हो ।

एनआरएनए उम्मेदवारहरुसंग बहस कार्यक्रम गर्ने
यस्तै महासंघले आगामी सेप्टेम्बर महिनामा हुने गैरआवसीय नेपाली सघ एनआरएनए जापानको अधिवेशनको पूर्व सन्ध्यामा नयाँ पदाधिकारीहरूका आकांक्षीहरूसंग बहस कार्यक्रम गर्ने भएको छ । खुल्ला बहस कार्यक्रममा पदाधिकारी पदका आकांक्षीहरूसंग अगष्ट महिनाको १८ तारिकमा टोकियोमा हुनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!