अस्पतालअस्पताल

  • अस्पताल
  • अस्पताल
  • अस्पताल
  • अस्पताल
  • अस्पताल
  • अस्पताल

सेवा दिन मुस्किल : समायोजनले रित्तिए अस्पताल

20 August, 2019 12:25 |पत्रपत्रिका | comments | 13200 Views

    अस्पताल

    कर्मचारी समायोजनले चिकित्सकविहीन सुदूरपश्चिमका अस्पतालको अवस्था दयनीय बनेको छ। अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ।

    adsads

    प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालले पनि चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको छैन।सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ। प्रदेशमै अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ।

    ‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्,’ कैलालीको मसुरियाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका लहानु चौधरीले भने, ‘यहाँ भएका चिकित्सक पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो।’ चिकित्सक थप्नुपर्नेमा भएकालाई पनि समायोजनका नाममा बाहिर पठाइएपछि विपन्नले रोग पालेर बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘अब त आफ्नै गाउँठाउँमा सामान्य बिमारको पनि उपचार नपाइने भयो।’

     

    प्रदेशकै रेफरलका रुपमा रहेको सेती अञ्चल अस्पतालमा ११ औं तहका तीन, १० औं तहका चार र नवौं तहका चार गरी ११ जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा समायोजनपछि तीनजना मात्रै बाँकी छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कर्मचारी समायोजनको मारमा सुदूरपश्चिमका अस्पताल परेका छन्। यसै कारण सुदूरपश्चिमका अस्पताल डाक्टरविहीन बनेका हुन्। सुदूरपश्चिम प्रदेशका अस्पतालमा कार्यरत नवौं, दसौं र एघारौं तहका डाक्टरको पदस्थापन अन्यत्र भएकाले समस्या आएको हो। धनगढीस्थित सेती अञ्चल अस्पताल, महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा नवौं तहभन्दा माथिका धेरै डाक्टरको पदस्थापन प्रदेशबाहिरका अस्पतालमा भइसकेको छ। सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा बाहिरबाट एकजना मात्रै विशेषज्ञ डाक्टर आउने भनी सार्वजनिक भएको छ।

    सेती अञ्चल अस्पतालमा ११औं तहका तीन, १०औं तहका चार र नवौं तहका चार गरी ११ विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले आठजनाको अन्यत्रै समायोजन गरी पदस्थापन गरेको छ। सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले समायोजनमा परी यहाँका विशेषज्ञ डाक्टर अन्य प्रदेशमा गएको र अन्यत्रबाट यहाँ नआएकाले बिरामीको उपचार गर्न कठिनाइ भएको बताए। ‘११औं तहको म, १०औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीले मात्र यही प्रदेश रोज्यौं। त्यसैले हामीमात्र यसै अस्पतालमा छौं,’ उनले भने, ‘अन्य डाक्टर बाहिर गएकाले सेती अञ्चल अस्पतालका वार्ड नै बन्द हुने अवस्थामा आएको छ।’ भदौमा सेवानिवृत्त हुने डा. बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको उनले बताए।

    सेती अञ्चल अस्पतालमा करारमा कार्यरत ११औं तहका डाक्टर अशोक श्रीपाइली, १०औं तहका शेरबहादुर कमर, नवौं तहका दिनेश सिवाकोटी, होमप्रसाद पन्त र सुरेन्द्र बस्नेतको भेरी अञ्चल अस्पताल नेपालगन्जमा पदस्थापन भएको छ भने १०औं तहका कपिल गौतमको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रमोद जोशीको कान्ति बाल अस्पताल काठमाडौंमा पदस्थापन भएको छ। ‘पहिले नै दरबन्दीअनुसारका चिकित्सक थिएनन्, दरबन्दीमा भएका विशेषज्ञ डाक्टर पनि अन्यत्र गएपछि अस्पतालको अवस्था विकराल भएको छ,’ मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले भने, ‘आइसियू, नाक, कान, घाँटीलगायतका विशेषज्ञ सेवा दिन सकिने अवस्था छैन।’ प्रदेश सरकार, विभागीय मन्त्रालय सबैतिर यो समस्या अवगत गराएको उनले बताए। यस प्रदेशमा विशेषज्ञ चिकित्सक नहुँदा अस्पताल विकास समितिले पदपूर्तिका लागि विज्ञापन गर्दा पनि आवेदन नपरेको उनले बताए।

    यस्तै महाकाली अञ्चल अस्पतालमा तीन विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा दुईको प्रदेशबाहिरका अस्पतालमा पदस्थापन भएको छ। नवौं तहका शम्भुदत्त जोशीको प्रदेशमै पदस्थापन भए पनि नवौं तहकै हरिकुमार श्रेष्ठलाई पुल दरबन्दीमा राखिएकाले उनको पनि अन्यत्र पदस्थापन हुने बताइएको छ। १० औं तहका डाक्टर श्रीकृष्ण भट्टको कान्ति बाल अस्पताल काठमाडौंमा पदस्थापन भएको अस्पताल प्रशासनले जनायो।

    महाकाली अञ्चल अस्पतालले स्थापनाकालदेखि नै दरबन्दीअनुसारका चिकित्सक पाउन नसकेको अवस्थामा अहिले भएका डाक्टरसमेत अन्यत्र पदस्थापन भएपछि उपचार सेवा दिनै असहज भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठ बताउँछन्। डडेल्धुरा अस्पतालमा पनि विशेषज्ञ डाक्टरका सबै दरबन्दी रिक्त छ। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसमेत मेडिकल अधिकृतले सम्हालेका छन्। अस्पतालमा १० औं तहका डाक्टर बद्री रिजाल मात्रै छन्। नवौं तहका डाक्टर शोभित थापाको यसै अस्पतालमा पदस्थापन भए पनि उनी असाधारण बिदामा छन्। अस्पतालका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेलले आठौं तहका डाक्टरको पनि अन्यत्र पदस्थापन भएपछ सेवा सञ्चालन गर्न नै मुस्किल हुने बताए।

    सेती अञ्चल, महाकाली अञ्चल र डडेल्धुरा अस्पतालबाहेक मालाखेती अस्पताल र टीकापुर अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि चिकित्सक छैनन्। टीकापुर अस्पतालमा कार्यरत १० औं तहका डाक्टर नरेन्द्र खनालको स्वास्थ्य सेवा विभागमा पदस्थापन भएको छ भने मालाखेती अस्पतालका नवौं तहका डाक्टर शिवराज पनेरुले पनि संघमै पदस्थापन रोजेकाले उनको समेत संघ मातहतका अस्पतालमा पदस्थापन हुने देखिएको छ। सुदूरपश्चिममा डडेल्धुरा अस्पतालबाहेक अन्य सबै अस्पताल र स्वास्थ्य चौकी प्रदेश तथा स्थानीय सरकार मातहत छन्।

    आजको नागरिक दैनिकमा खबर छ ।

    स्वास्थ्य सेवाका समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ : मन्त्रालय

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अस्पताल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!