सौराहामा विश्व रेन्जर सम्मेलन- आज घोषणापत्र जारी गर्दै सम्पन्न हुने

सौराहामा जारी नवौँ विश्व रेन्जर सम्मेलनमा सातवटा मूल विषयमा समुच्च र त्यसभित्रका साना विषयवस्तुमा समूहगत छलफल जारी रहेको छ । कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै चितवन घोषणापत्र जारी गरेर शनिबार सकिँदैछ ।
अन्तरराष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयृुक्त आयोजनामा एशियामानै पहिलोपटक नेपालमा सम्मेलन भएको हो । सम्मेलनमा नाम दर्ता गराउँदा प्रमुख सात विषयमध्ये कुनै पनि विषयमा केन्द्रित हुने गरी प्रस्तुतीकरण गर्नका लागि नाम दर्ता गरिएको थियो । सोहीअनुसार सहभागीले आफ्नो प्रस्तुतिसँगै छलफलमा सहभागी भइरहेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार संरक्षण क्षेत्रमा काम गर्नेको हकहित सुरक्षाका विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । ठूलो सङ्ख्यामा संरक्षणकै क्रममा ज्यान गुमाएको तथ्याङ्क छ । यस विषयमा क्षेत्रीयरूपमा प्रस्तुतीकरण भइरहेका छन् ।
रेन्जर र समुदायबीचको सम्बन्ध र यसले पारेको सकारात्मक प्रभावका बारेमा पनि छलफल जारी छ । अरु बढी लाभ लिन गर्नुपर्ने कामका बारेमा सहभागीले आआफ्नो धारणा राख्दै आएका छन् । यस्तै संरक्षणमा आदिवासी रैथाने समुदाय र यही समुदायका रेन्जरको भूमिका अर्को महत्वपूर्ण विषय रहेको छ । थपलियाका अनुसार यस विषयमा गरिएका विस्तृत अध्ययनलाई प्रस्तुतीकरणमा समावेश गरिएको छ ।
रेन्जरहरू सँगै, स्थानीय समुदाय, सरकार, गैरसरकारी संस्था र अन्य सरोकारवालाको क्षमता विकासका लागि गर्नुपर्ने विषयमा प्रस्तुतीकरण र छलफल भइरहेको छ । संरक्षणमा आधुनिक र नयाँ प्रविधि, संरक्षणमा महिलाको भूमिका र आगामी दिनमा संरक्षणकर्मी एवं रेन्जरले गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ । संरक्षणमा भएका सफलतालाई समावेश गरेर तयार पारिएका सफल कथा पनि सहभागीले प्रस्तुतिसँगै छलफलमा ल्याएका छन् ।
छलफलका क्रममा सङ्कलन गरिएका महत्वपूर्ण विषयलाई सबैमाझ पु¥याउन जर्नल प्रकाशन गरिने छ । थपलियाका अनुसार शनिबार नयाँ नेतृत्व चयन, आगामी सम्मेलनको टुङ्गो र चितवन घोषणापत्र जारी गरेर सम्पन्न हुने कार्यक्रम रहेको छ । सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, थारु संस्कृतिलगायतका गतिविधिमा सहभागी गराइएको छ ।
सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी भएका छन् । जसमध्ये विदेशीको सङ्ख्या ४८४ रहेको छ । सम्मेलन व्यवस्थापन गर्न नेपाली र विदेशी गरी ४० छुट्टै लागिपरेका छन् ।
सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो । पर्यटन वर्ष २०२० को सङ्घारमा सम्मेलन भएकाले कार्यक्रमको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरिएको जनाइएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दशौं सागमा स्वर्णपदक विजेता कमल जुत्ताका कारण काँस्यमा सीमित
- गौरिकाले जितिन् दोस्रो स्वर्ण- व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी
- गोली लोड रहेको पेस्तोल सहित लाखौंका अवैध सामान बरामद
- तेह्रौँ साग : क्रिकेटमा पुरुष टोली विजयी महिला टोली पराजित
- शालिग्राम सङ्ग्रहालय
- सिद्धबाबालाई सात दिन म्याद थप- अस्पतालमै हिरासतकक्ष बनाएर बयान लिइने
- कुलमानलाई एक लाख रुपैयाँ राशिको नाष्ट प्रविधि पुरस्कार
- गल्फमा नेपाललाई दुई स्वर्ण- पाँच हजार मिटर दौडमा गोपीचन्द्रले दिलाए स्वर्ण
- शनिबार साग म्याराथन मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
- टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन
- सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक
- आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?
- मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
- होटल, रेष्टुराँमा बाल श्रमिक र न्यून ज्लालाका समस्या यथावत
- शिक्षा क्षेत्रमा राजनीतित नगर्न पूर्व राष्ट्रपति डा. यादवको आग्रह
- सिद्धबाबामाथिको आरोप : फसाउने षड्यन्त्रका सनसनीपूर्ण तथ्य
- ‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’
- आजको राशिफल– २०७६ मंसिर २० गते शुक्रबार
- ५८ स्वर्णसहित भारत अग्र स्थानमा- ३६ स्वर्णसहित नेपाल दोस्रो
- सरकारको आगामी अभियान : पर्यटनका लागि एक दशक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


