स्कुल जानु छ खाली खुट्टास्कुल जानु छ खाली खुट्टा

  • स्कुल जानु छ खाली खुट्टा
  • स्कुल जानु छ खाली खुट्टा
  • स्कुल जानु छ खाली खुट्टा
  • स्कुल जानु छ खाली खुट्टा
  • स्कुल जानु छ खाली खुट्टा
  • स्कुल जानु छ खाली खुट्टा

स्कुल जानु छ खाली खुट्टा

12 November, 2019 12:15 |पत्रपत्रिका | comments | 7200 Views

    स्कुल जानु छ खाली खुट्टा

    २१ कात्तिक २ बजे, बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए।

    adsads

    टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे। थोरै अलकत्रा छर्केर कालोपत्रे गर्न तयार गिट्टीयुक्त सडकमा अधिकांश नांगो खुट्टामै थिए। केहीको खुट्टामा चप्पल थियो। जुत्ता त कसैले पनि लगाएका थिएनन्।

    यो बाँकेको डुडुवा गाउँपालिकाको होलियास्थित जनता आधारभूत विद्यालयका विद्यार्थी घर फर्कंदै गर्दा हो। विकट गाउँ होलियामा मधेसी समुदायको बसोबास छ। ‘सबैजसो मधेसी समुदायका बालबालिका छन्। उनका बाआमाले नै जुत्ता-चप्पल लगाउँदैनन्। सन्तानलाई पनि खाली खुट्टा स्कुल पठाउँछन्’, सरस्वती बाल विकास केन्द्रकी शिक्षिका नारायणी पुनले भनिन्, ‘यिनीहरूलाई खाली खुट्टामै हिँड्ने बानी छ।

    कतिलाई त जुत्ताचप्पल लगाएर हिँड्न पनि आउँदैन।’ विद्यालयकी सहायक जनक दुलारी चौहानले कतिले त स्कुलमा हराउँछ भनेर चप्पल घरमा लुकाएर आएको बताइन्। बालविकासको कक्षा ०६२ सालदेखि सुरु भए पनि विद्यार्थी संख्या दुईतीन वर्षयता मात्र बढेका हुन्।

    विद्यालयमा डुडुवा गाउँपालिकाको १ को खडैंचा र होलियाका बालबालिका पढ्न जान्छन्। होलिया लक्ष्मणपुर बाँधका कारण सधैं डुबानमा पर्छ। केही वर्षअघिसम्म यहाँका धेरै निरक्षर बालबालिका सडकमा खेलिरहेको भेटिन्थे। अहिले जनता आधारभूत विद्यालयको बालविकासमा एक सय २७ बालबालिका अध्ययनरत छन्। एउटै विद्यालयमा पाँचवटा बाल विकास कक्षा सञ्चालन गरिएको छ।

    कक्षाकोठामा फर्निचर छैन। न त भुइँमा ओछ्याउने कार्पेट राम्रो छ। विद्यालयसँग यसको व्यवस्थापन गर्न बजेट नभएको प्रधानाध्यापक शिवप्रसाद सापकोटाले बताए। बाल विकास केन्द्रको प्रशासनिक खर्च वार्षिक १२ हजार रुपैयाँ हुन्छ। उनका अनुसार रजिस्टर, चक-डस्टर सबै यही रकमले किन्नुपर्छ।

    विद्यार्थी घरबाटै खाजा ल्याउँछन्। ‘मंसिरदेखि फागुनसम्म बढी जाडो हुन्छ। के गर्मी महिना के जाडो उनीहरू यसरी नै पढ्न आउँछन्। विद्यालय आउनु मात्र ठूलो कुरा होइन। मधेसी समुदायका बालबालिकालाई टिकाइराख्न चुनौती हुन्छ’, सापकोटा भन्छन्, ‘अधिकांश गरिबका छोराछोरी छन्। जुत्ताचप्पल र विद्यालयमै खाजाको व्यवस्था गर्न सके विद्यार्थीलाई टिकाइराख्न सकिन्थ्यो।’

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    स्कुल जानु छ खाली खुट्टा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More