स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं : मुख्यमन्त्री पोखरेल

29 August, 2019 00:15 |प्रदेश , प्रदेश ५ | comments | 5550 Views

    प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालार्ई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताउनुभएको छ । जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

    adsads

    गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार गुल्मीमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “पूर्वाधार विकासको काम प्रदेशले गर्ने, सुशासन कायम गर्ने र मुलुकको नेतृत्व गर्ने काम केन्द्रले गर्ने, यही ढाँचाबाट हामी अघि बढेमा विकासको छलाङ् मार्न सकिन्छ, त्यही हिसाबले प्रदेश सरकार अघि बढेको छ ।” प्रदेश नं– ५ ले अन्य प्रदेशको तुलनामा योजना, कानून र कार्यालयसमेत बनाइसकेको भन्दै यस आर्थिक वर्षको प्रथम चौमासिकदेखि बजेट खर्च गर्न शुरु गर्ने र जेठ मसान्तसम्म पूर्वाधारका काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुुभयो ।

    सातमध्ये सबै भन्दा धेरै पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा ५ नं, लाई स्थापित गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोख्रेलले त्यस हिसाबले पनि यस प्रदेशका जनता निराश हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । उहाँले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्षभित्र घरघरमा आधारभूत खानेपानी पु-याउने, विद्युत्को पहुँच नपुगेको घरमा ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

    जिल्लाका १२ स्थानीय तहमध्य पहिलो पटक धुर्कोट गाउँपालिकाले रु एक करोड ३५ लाखाको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । साढे दुई तलाको उक्त पक्की भवनमा १५ कोठा रहेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । भवन निर्माणका लागि कृष्णप्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, रामप्रसाद घिमिरे र गणेश घिमिरे चार दाजुभाइले आठ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।

    मेयर चौधरीलाई आत्मालोचना गर्न शंकर र योगेशको सुझाव

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!