माधवकुमार नेपालमाधवकुमार नेपाल

  • माधवकुमार नेपाल
  • माधवकुमार नेपाल
  • माधवकुमार नेपाल
  • माधवकुमार नेपाल
  • माधवकुमार नेपाल
  • माधवकुमार नेपाल

स्थानीय निर्वाचन आशङ्काको घेरामा : नेता नेपाल

25 February, 2017 13:16 |राजनीति | comments | 18600 Views

    माधवकुमार नेपाल

    नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ ।

    पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो ।

    adsads

    एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो ।

    संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उहाँले भन्नुभयो, ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।’’

    निर्वाचनमा भाग लिएर अाफ्नो हैसियत नापौं: नेता नेपाल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    माधवकुमार नेपाल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!