स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन

  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन
  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन
  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन
  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन
  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन
  • स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन

स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन

14 May, 2019 15:54 | प्रबास | comments | 12150 Views

स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन

गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गएऊ’, अनेसास पोर्चुगलको आयोजनामा प्रमुख अतिथी अनेसास केन्द्रका उपाध्यक्ष सुनील संगम र विशिष्ठ अतिथि मानक नेपाली भाषाका एक अभियन्ता, वरिष्ठ साहित्यकार एवं समालोचक लिला लुइंटेलले युरोपको अन्तिम बिन्दु, काबो दा रोकामा भब्य जन उपस्थितिका साथ बिमोचन गर्नु भयो। कार्यक्रममा नेपाल देखि आउनु भएकी साहित्यकार लिला लुईटेल र अनेसास केन्द्रका उपाध्यक्ष सुनिल संगमले पुस्तकको समालोचना गर्नु भएको थियो ।

adsads

एनआरएन आईसीसी सदस्य नरेन्द्र बहादुर हमाल, एनआरएन पोर्तुगलका उपाध्यक्ष इश्वर रिजाल लगायतले शुभकामना ब्यक्त गर्दै स्पन्दन बिनोदको साहित्यमोह र सक्रियताको खुलेर प्रशंसागर्नु भएको थियो ।पोर्चुगलको राजधानी लिस्वनबाट करिब ४६ किमी टाढा रहेको युरोपको अन्तिम बिन्दुमा गरिएको उक्त कार्यक्रममा पोर्चुगलबासी बिभिन्न संघ संस्थाका अग्रज, प्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार एवं साहित्य अनुरागीहरूको बेजोड उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा जानको लागि लिस्वनबाट यातायातको ब्यवस्था समेत रहेको थियो।

कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचारकर्मी तथा अनेसास पोर्चुगलका सदस्य यादव देवकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो। स्पन्दन बिनोदका सोहि कृती अनेसास नेपाल च्याप्टरको आयोजनामा गत चैत्र १७ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा भब्य जन सहभागिता सहित लोकार्पण भएको थियो।

वरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रभाती किरण,बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्दै परदेशमा बस्ने गजलकार स्पन्दन बिनोदका कृतिले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।

विदेशमा १० पाउण्ड रहेको उक्त छन्द र गैर छन्दमा लिखित दुई गजल कृतिको बिक्रीबाट आएको रकम नेपालमा विभिन्न रोगबाट ग्रसित बृद्ध-बृद्धा , महिला तथा बालबालिकालाई सहयोग गर्ने गजलकार स्पन्दन बिनोदले बताउनु भयो ।

अनेसासको ४१ औं साहित्यिक शृङ्खला टोकियोमा हुँदै : कृति विमाेचन हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
स्पन्दन बिनोदका दुई कृति यूरोपमा बिमोचन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More