स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिति

11 February, 2021 12:10 | एन आर एन न्युज | comments | 18000 Views

स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुइँटेल, झरना कार्की, राजकुमार क्षेत्री, वीरबहादुर खत्री, नवराज पाण्डे र प्रवीण सुवेदी रहनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ स्पेनको निर्णयानुसार त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि सिफारिसका आधारमा समितिलाई स्वीकृत गरिएको गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो । सङ्घ स्पेनको विधानको परिच्छेद ७ धारा २० र यसको संशोधनसहित गठन भएको क्षेत्रीय समितिले भेला गरेको हो ।

  

क्षेत्रीय समिति गठनका लागि स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी वीरेन्द्र श्रेष्ठलाई सङ्घले जिम्मेवारी दिएको थियो । उहाँहरुले क्षेत्रीय समिति गठनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More