स्याङ्ग्जा समाज जापानले नागोया र टोकियोमा तीज धमाका गर्ने

13 August, 2019 12:07 | जापान | comments | 20700 Views

निशान राना, नागोया

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठूला शहर नागोया र राजधानी टोकियोमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा “तीज धमाका २०१९” कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम तालिका अनुसार नागोयामा नागोया कोकुसाइ सेन्टरमा अगस्ट ३१ तारिक शनिबार दिउसो २ः३० देखी २०ः३० बजे हुनेछ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियोस्थित होकुतोपिया चुचुजी हलमा साँझ ६ः०० देखि २२ः०० बजेसम्म हुनेछ ।

adsads

केही वर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आइरहेका यस समाजले यस वर्ष पनि जापानबासी नेपाली समुदायहरुमाझ तीजको मनोरञ्जन गराउने उद्देश्यका साथ नेपाली लोकदोहोरी क्षेत्रका वरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोकदोहोरी गयिका शान्ता परियारलाई आमन्त्रण गरेको छ भने नागोयाको लागि भने जापानमै कर्म थलो बनाएका लोक दोहोरी गायक सूर्य खड्काको पनि प्रस्तुति रहने छ ।

समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा आउने दैविक प्रकोप लगायतका विपदमा परेकाहरुको उद्दारका लागि “आपतकालीन राहत कोष” स्थापना गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफूलाई पायक पर्ने शहरमा उपस्थित भएर मनोरञ्जनका साथै सहयोग गर्न आयोजकले हार्दिक अनुरोध गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!