स्वतः पदमुक्त हुने बेलामा महाभियोग लागेर पदबाट हट्नुपर्ने बाटोमा ट्रम्प

13 January, 2021 17:46 | विश्व समाचार | comments | 23250 Views

निर्वाचनमा पराजय भोगेपछि गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा महाभियोग प्रस्ताव दर्ता गरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले पदबाट हटाउने प्रस्ताव पारित गरेको छ ।

स्वतः पदमुक्त हुने प्रक्रियामा रहे पनि उहाँलाई महाभियोग लगाएर पदमुक्त गरी उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

  

ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ ।

यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More