स्वर्ण जित्ने लक्ष्य पूरा नभएपछि पदमा बसिरहन मन लागेन : खड्का

10 December, 2019 15:05 | खेल | comments | 10350 Views

नेपाली महिला फुटबलका मुख्य प्रशिक्षक हरि खड्काले १३ औं सागमा भारतसंग पराजित हुँदै रजत पदकमा चित्त बुझाउनुपरेपछि पदबाट राजीनामा दिएका छन् । नेपालका सर्वाधिक सफल स्ट्राइकर खडकाले सागमा स्वर्ण जित्ने लक्ष्य पूरा गर्न नसकेपछि प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।

adsads

हुन त उपाधी नजितेको मात्रै हेन दर्जन गोल खाए पनि राष्ट्रिय टिमको प्रशिक्षकमा कायम रहनेहरुको भीडमा खड्काले भने स्वणपदकको लक्ष्य पूरा हुन नसकेपछि जिम्मेवारीमा बसिरहन जरुरी नभएको भन्दै आफूले डेढ वर्ष महिला फुटबल टीम सम्हालेयता निकै परिवर्तनन आएको दावी गरेका छन् ।

नेपालको उपाधी होडमा जहिले पनि भारत बाधक रहँदैआएको छ । १३ औ सागमा पनि त्यस्तै भयो । यद्यपि खड्कालाई सफल प्रशिक्षकका रुपमा भने लिइन्छ । महिला राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा लिइसकेपछि एन्फाबाट बेस्ट कोच अवार्ड पाएका खड्काले भारतलाई एकपटक उसकै भूमिमा गएर हराएको इतिहास पनि छ । त्यस्तै उनकै प्रशिक्षणमा एसियन ओलिम्पिक क्वालिफिकेसनमा पर्‍यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More