स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

11 December, 2019 20:33 | खेल | comments | 13050 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्णपदक जित्ने खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पदक विजेता खेलाडीरुको सम्मानमा आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो ।

adsads

त्यसै गरी प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख दिने घोषणा गर्नुभएको छ । अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो ।

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको छ । काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More