“स्वास्थ्यस्थिति सामान्य छ नियमित काम गर्नसक्ने भएको छु”- प्रधानमन्त्री ओली

12 September, 2019 01:05 |राजनीति | comments | 3300 Views

    प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फकेपछि बुधबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा उहाँले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिंदै नियमित काम गर्नसक्ने भएको बताउनुभएको छ ।

    सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको र नियमित काम गर्न सक्ने भएको छु भन्नु भएको बताए ।

    adsads

    प्रधानमन्त्री ओलीले सिंगापुरमा दुई साता लामो उपचार गरेर फर्किनुभएको थियो । त्यहाँ उहाँको रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार विहान सामान्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको थियो । त्यहाँ सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

    एक नेताका अनुसार क्याथेटर निकालेका कारण प्रधानमन्त्रीलाई हल्का ज्वरो समेत आएका कारण बैठकमा एउटा मात्र एजेण्डा थियो, उपचुनावका लागि दल दर्ता । दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राष्ट्रपति विद्यादेवी भण्डारी

    फेसबुक

    राष्ट्रपति विद्यादेवी भण्डारी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!