स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक

21 August, 2019 11:00 |जल/वातावरण/स्वास्थ्य | comments | 7500 Views

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन् ।

    adsads

    ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ ।  त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन् । सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ ।

    सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ । ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् ।

    मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह-उपसमूहमा कार्यरत कर्मचारीहरूको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ ।

    स्वास्थ्य सेवाका समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ : मन्त्रालय

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!