स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य सेवाका समायोजन प्रक्रिया छिटो सम्पन्न हुन्छ : मन्त्रालय

20 August, 2019 10:50 | जल/वातावरण/स्वास्थ्य , राजनीति | comments | 22050 Views

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह- उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ । कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा सोमबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

“समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखि कार्य अगाडि बढाइरहेको छ । वर्षात तथा विपद्को सयममा खटिएका स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीलाई पुनः यसै सूचनाद्वारा स्मरण गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

  

विज्ञप्तिमा पद, नाम तथा स्तरवृद्धि सम्बन्धमा समायोजन प्रक्रिया सम्पन्न हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गरिने जनाइएको छ । स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनले पद, नाम र स्तरवृद्धिको समस्या सम्बोधन गर्न उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउँदै आएका छन् ।

कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सकद्वारा ओपिडी ठप्प

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More