स्व. प्रकाश दाहालको नाममा विश्वको कुनै पनि बैंकमा पैसा रहेको प्रमाण पेश गर्न चुनौति

13 August, 2019 15:40 |राजनीति | comments | 33450 Views

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले स्व. प्रकाश दाहालको नाममा विश्वको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौति दिएको छ । केही दिन अघि बिरामी पत्नी सीता दाहालको इच्छा पूरा गर्न परिवारका सदस्यसहित सम्पन्न दुबई भ्रमणलाई लिएर केही अनलाइन संचार माध्यमहरुमा त्यस्तै प्रकारको समाचार आएपछि सचिवालयले सो चुनोति दिएको हो ।

    adsads

    अध्यक्ष प्रचण्डको दुई भ्रमणको उद्देश्य उहाँका पुत्र स्व. प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्न रहेको भन्ने समाचारको खण्डन गर्दै उहाँका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले साउन २८ गते एक विज्ञप्ति जारी गरी यस्ता अनर्गल समाचारले आम जनतामा भ्रम छर्दै क्रान्तिकारी पार्टी र त्यसको नेतृत्वको कुप्रचारमा लागेको बताइएको छ ।

    विज्ञप्तिमा भनिएको छ- “कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन बिरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोलकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पंक्ति एवं जनसमुदायमा हार्दिक अपील गर्दछौं ।”

    त्यस्तै विज्ञप्तिमा- “दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अअभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रिान्तिकारीहरुको षड्यन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो” भनिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More