स्व. मनमोहनको सम्झना गर्दै प्रधानमन्त्री ओलीको कथन- उहाँले विकासको भोक जगाउनुभयो

26 April, 2019 19:06 | राजनीति | comments | 12450 Views

नेपालको ग्रामीण क्षेत्रमा विकासको लहर पुर्याउन आफ्नो गाउँ आफैं बनाउन अभियान र वृद्धवृद्धालार्य भत्ताको सुरुवात गर्नुभएका तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले जनतामा विकासको भोक जगाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको २० औँ स्मृति दिवसमा उहाँले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभएको हो ।

adsads

अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको विचार व्यक्त गर्दै सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको बताउनुभयो ।

उहाँले अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै भन्नुभयो, “चुनौतीका बीचमा पनि उहाँले गर्नुभएका काम निकै महत्वपूर्ण थिए ।”

तत्कालीन नेकपा (एमाले)का अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का अध्यक्ष ओलीले एकातिर राजतन्त्रको शक्ति पुनस्थापना गर्ने चाहना र अर्कातिर जनयुद्धको तयारीबीच अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको र उहाँपछिको पार्टी नेतृत्वले पनि ती दुवै चुनौती सामना गरेको भनाइ राख्नुभयो ।

वर्तमान सरकार अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विभिन्न कानून निर्माणमार्फत मुलुक संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।”

सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीदास मानन्धरले नेपालको वाम आन्दोलनमा अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो ।

मनमोहन आधिकारीलाई बिर्सिए कम्युनिष्ट आन्दोलनको औचित्य रहँदैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!