स्व. रवीन्द्रको एउटा सपना साकार- गौतमबुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

22 May, 2019 11:46 |राजनीति | comments | 24750 Views

    तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीमाथि अनेक आरोपा लागे पनि उहाँ आफ्नो काममा अविचलित रुपमा दृढतापूर्वक उभिएको परिणाम अहिले देखिएको छ ।

    स्व. अधिकारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाउनुभएको थियो ।

    adsads

    अधिकारीको सक्रियता र योजना अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

    धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ ।

    राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

    यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो । निर्माण सम्पन्न भएसँगै अब सो रनवेमा आपतकालीन र परीक्षण उडान गर्न सकिने भएको छ । रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ ले पाएको थियो । आयोजना अन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ‘ट्याक्सी वे’ बनाउने उद्देश्य छ ।

    विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको विमानस्थल आयोजनाले जनाएको छ ।

    आयोजना प्रमुख अधिकारीले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो । “अब करिब ५८ प्रतिशत उपकरण जडानको काम बाँकी हो”–उहाँले भन्नुभयो । उहाँले जहाज पार्किङ ढलानको काम पुरा भइसकेको बताउनुभयो ।

    यो आयोजनाको लागत करिब छ अर्ब २२ करोड रुपियाँ रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको हो । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।

    रवीन्द्र अधिकारीको सम्झनामा “सारङ्गी रेटेर”(भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!