स्व. रवीन्द्रको शैलीमा विद्याको चुनाव प्रचार- कांग्रेस नेतासंग भोट र आशीर्वाद

16 November, 2019 19:30 |राजनीति | comments | 6000 Views

    मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएकी विद्या भट्टराईलाई कांग्रेस नेता शोभियतथबहादुर अधिकारीले शुभकामना दिनुभएको छ । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विद्याका श्रीमान स्व. रवीन्द्र अधिकारीसंग पराजित नेता अधिकारीले शनिबार चुनाव प्रचारका क्रममा भट्टराईलाई शुभकामना दिनुभएको हो ।

    adsads

    स्मरणीय रहोस् स्व. अधिकारी आफ्ना पार्टीको मात्र होइन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर हुनुहुन्थ्यो । शनिबार उहाँकै पदचाप पछ्याउँदै विद्या भट्टराईले नेता अधिकारीसंग भोट माग्दै हात मिलाएर शुभकामना लिनुभयो । पोखरा महानगरपालिकाको वडा नं. ११ रानीपौवामा चुनावी प्रचारप्रसारका क्रममा विद्याले अधिकारीसंग शुभकामना तथा आशिर्वाद लिनुभएको हो ।

    यसै गरी विद्याको पक्षमा बयोवृद्धा पनि चुनाव प्रचारमा हिंडेको शनिबार देखियो । शनीबार पोखरा ११ मा चुनावी घरदैलोका क्रममा ८४ वर्षीया तारादेवि गौतम विद्यालाई आशीर्वाद दिएर केहिबेर विद्यासंगै नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रशारमा साथ दिनुभयो ।

    “म पनि भोट माग्न जान्छु नानीसितै” गौतमको यस्तो कुरा सुनीसकेपछि विद्याले भनिन् “आमा तपाई सक्नुहुन्न कि ?” तर गौतमले विद्याको जीतका लागि चुनावी प्रचारमा केहिबेर विद्यालाई साथ दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More