उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मीउपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी

  • उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी
  • उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी
  • उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी
  • उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी

स्व. रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको कास्की–२ मा नेकपाको यस्तो तयारी

11 November, 2019 15:16 |राजनीति | comments | 6900 Views

    उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी

    तत्कालीन संस्कृति, पर्यटनन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले निर्वाचनमा ह्याट्रिक गरेको निर्वाचन क्षेत्र हो कास्की–२ । नेकपा कास्कीले रवीन्द्रले ह्याट्रिक गरेको उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी चुनावी प्रचार अभियानमा जुटेको छ ।

    adsads

    अधिकारीको फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ । जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचार अभियानलाई तीव्र पारेको छ । नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।

    पोखरा महानगरका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

    वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोलटोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ ।

    अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइञ्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

    वडा नं २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसको दुवै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्वअध्यक्ष चित्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

    उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीका रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पुर्‍याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको उम्मेदवार व्यवस्थापन उपसमितिका संयोजक धनराज आचार्यले बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More