“हामी दुवैले एक अर्कालाई बुझेका छौं- कहिले काँही तीतो कुरा हुन्छ” : नेता नेपाल
बिहिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अनुमान नै गर्न नसकिने परिदृश्य देखियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बाजाबाझ भयो र ओलीले म स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाँदैछु कमसेकम मेरो स्वास्थ्यलाभको कामना त गर्नुस् माधव कमरेड भनेर आग्रह गर्दा उहाँले स्वास्थ्यलाभको कामना समेत नगरेको समाचार बाहिरियो ।
यो समाचार बाहिरिएपछि नेता नेपालको आलोचना भयो । नेता नेपालले आफ्ना बारेमा नकारात्मक कुरा बाहिर आएपछि भन्नुभएको छ- “मैले कहिल्यै उहाँको स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गरेको छैन, कँही कतै भेटिएछ भने जस्तोसुकै सजाय भोग्न तयार छ, म जस्तो मान्छेले स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गर्छु ? मबाट कहिल्यै हुन्न त्यस्तो कुकाम” ।


प्रधानमन्त्रीले माग्दासमेत स्वास्थ्यलाभ नगरेको बिषय सार्वजनिक भएपछि जनताटाइम्स डटकमले बरिष्ठ नेता नेपालसंग गरेको कुराकानी समयसान्दर्भिक हुनाले यहाँ प्रस्तुत गरिएको छ-
सचिवालय बैठकमा तपाईंले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचकी पर्यो रे नि, किन होला ?
त्यस्तो बाहिर आएजस्तो बाजाबाज भएको होइन । त्यस्तो खासै केही भएको होइन । वातावरण अलिक बिग्रेको चाँहि पक्कै हो । केही कुरा मेरो थियो, उहाँको पनि कुरा थियो, पार्टीलाई बिधिबाट चलाउँ भन्दा मान्नु भएन, मलाई पेल्न खोज्नुभयो, म पनि पेलिने मान्छे होइन । प्रतिवाद गरें । त्यसैमा बातावरण बिग्रियो ।
उपचारका लागि सिंगापुर जान लाग्नुभएको अध्यक्षलाई स्वास्थ्यलाभको कामना समेत गर्नुभएन रे तपाईले ?
यो चाँहि अलिक अर्कै गरी समाचार आयो । हामीबीच केही तितो कुराकानी वा सवाल जवाफ भएपनि मैले उहाँलाई स्वास्थ्यलाभको कामना छ भनें । तर उहाँले तपाईंको स्वास्थ्यलाभको कामना चाहिँदैन, सधैँभरी मेरो स्वास्थ्यको बारेमा नकारात्मक कुरा गर्ने भन्नुभयो । मैले कहाँ, कहिले, को सँग यस्तो नकारात्मक कुरा गरें भन्दै प्रतिवाद गरें । मैले कहिल्यै तपाईको स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गरेको छैन, कँही कतै भेटिएछ भने जस्तोसुकै सजाय भोग्न तयार छ, म जस्तो मान्छेले स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गर्छु ? मबाट कहिल्यै हुन्न त्यस्तो कुकाम भनें । भएको यही हो ।
स्वास्थ्यलाभको कामना गर्दा चाँहिँदैन भन्नुभयो भनेर तपाईले फेरि रिस पोख्नुभएको जस्तो छ ?
उहाँले जे भन्नुभयो, मैले त्यही कुरा तपाईलाई भनेको हो । अव उहाँको बानी तपाईंहरु सवैलाई थाह छ । रिसाएपछि के गर्नुहुन्छ भन्ने कुरा ? मैले अलिक बढी जोड दिएर प्रतिवाद गरेपछि रिसाउनु भयो । उहाँले मलाई अलिकति चार्ज लगाउनुभो, तपाईं मेरो स्वास्थ्यप्रति जहिले पनि नकारात्मक कुरा गर्नुहुन्छ भनेर । मैले भनेँ, एउटा पनि प्रमाण देखाउनुस, एउटा पनि प्रमाण छन् भने छानबिन कमिटी बनाउनुस । छानविन गरौं, दुधको दुध, पानीको पानी हुन्छ भन्दै म पनि जंगिए । त्यो अलिकति नमिठो स्थिति बन्यो । अरु केही होइन ।
बोलचाल नै बन्दको स्थिति पो बनेजस्तो छ नि कुरा सुन्दा त ?
तपाईहरुलाई त्यस्तो लाग्न सक्छ । मलाई लाग्दैन । ४५ बर्षदेखि मैले यस्ता वाद–बिवाद, सम्वाद, छलफल अनि सहमतिको यात्रा पार गरेको छु । केपीजी र म बाद–बिवादबाट धेरै माथि छौं । हामी दुवैले एक अर्कालाई बुझेका छौं । कहिले काँही यस्ता तितो कुरा हुन्छ । तर यस्ले पार्टीको एकता र काममा कुनै असर पर्दैन ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


