हामी नै त जिम्मेवार छैनौ कुशासन र कुव्यवस्था ल्याउन र जोगाउन ?

23 June, 2020 15:48 | जापान , प्रबास | comments | 142200 Views

-केशव थापा

कहिले राजसंस्था फाल्ने भनेर, कहिले सामन्तीहरुको दासत्व बिरुद्धको लडाई भनेर, कहिले राष्ट्रियताको लडाई भनेर हामी जनताको रगत उमालेर आन्दोलनको हुँकार उठाई प्रजातन्त्र–लोकतन्त्रका लागि भनि लडाउने हाम्रा हामीले नेता पुज्दै आएका नेताहरुप्रति कोही विश्वासमा, कोही नजिकिने, कोही स्वार्थपूर्ति होला की भन्ने आशमा सधै रैती त भइरहेको छैनौ ?

  

नेताहरुले कति आशमा, कति भरोसामा, कति स्वार्थमा हामी लागि बलिको बोको, स्वार्थपूर्तिको हतियार बनाएका त छैनन् ? राणा फाले, पंचायत फाले, राजसंस्था फाले कसले जनताले के का लागि ? भष्ट्राचार, एकतन्त्रीय शासन, भाइभारदारको घेरा तोडी समान्य र सर्वहारा जनतासम्म शासन–सत्ता, सुविधा पुर्याउन तर के १०० औं र ७० वर्ष देखि पटकपटक हुँकार बनि पटकपटक फेरिने व्यवस्थाले कसलाई फेर्याे ? के फेरियो त ?

राजा र भाइभारादारको ठाउँ हाइ कमाण्ड या स्थायी समिति, केन्द्रीय समिति, संसद भन्ने नाम फेरियो । आज पनि जनता बोल्न पाउँछन् । तर उही बेलामा जस्तो सुनिदिने उत्तरदायी हुने छैनन् । उही बेलामा जस्तो साना लागि मात्र कानुन लाग्छ ।

अहिलेका नेताहरू झन छदमभेषी, धेरै खरानी घस्ने जोगीभन्दा केही फरक देखिएनन् । आफ्नै आमालाई छुरी रोप्ने जस्ता जनताका आशा भरोसाहरूलाई तुसारापात लगाउनेहरूलाई कसरी जनताले नेता भन्ने ? कसरी लोकतन्त्र र परिवर्तनका लागि हिमायती भन्ने ? तर पनि पटकपटक ठगिने, जोकर बन्ने बनाईने पनि हाम्रो हामी जनताहरूको अन्नतको आश, भरोसा र गलत तत्वहरू पार्टी र नेतागणहरूप्रति स्वार्थले काम गरेको छ जस्तो लाग्छ । हामी युवाहरू सामाजीक संजालहरूमा अधिकतम समय संलग्न छौ । यी गलत नियत र स्वार्थ बोकेका छदम राष्ट्रवादी धेरै खरानी घस्ने हरेक पार्टीका नेताहरू (जोगीहरू) लागि खबरदारी गर्न सकिरहेका छैनौ ।

बरू हामीहरू पनि हार स्वीकारी विरोध र सत्यको लडाईमा समय विताएर बर्बाद गर्नु छैन । संसद, स्थानीय, केन्द्रीय आदि इत्यादि ताक्ने या सरकारी कर्मचारी, ठेक्कापट्टा ताक्ने, पद उन्नति, विदेश भ्रमण आदिमा आफ्नो इमान, जमान, आदर्श सबै बन्धक राखी सामान्य जनता अल्मल्याउदै माथीका निष्ठाहिन राजा र भारदारहरूको चाकडी चाप्लुसीमा समय खेरा फाल्द हामी पनि त्यही कुहिएको आलु बोरामा मिसिएका त छैनौ ? हामी युवाहरू ती गलत प्रकृतिका छदम राष्ट्रवाद, आदर्शभित्र भारदारहरू प्रयोग गरी अकुत सम्पन्नता, विलासी जीवनशैली जीउदै बाहिर गोहीको आशु बहाउदै गर्नेहरूभन्दा अगाडि त भएका छैनौ ? नेपालमा वर्तमान पार्टीबाट परिवर्तन हुने भए २०४७ को संविधान, २०७३ को संविधान, दुई तिहाईको सरकार सब भएको केले रोकिरहेको छ ?

हामी हाम्रो प्रकृतिले दिएको वातावरणमा उत्पादन गरी हाम्रै बजारमा खपत हुने खाद्यन्न लगायत विभिन्न उपभोग्य सामग्रीहरूका उत्पादन र बजारीकरण गर्ने क्षैत्रमा लाग्न सक्दैनौ ? हामी सामाजिीक संजालमा विरोध गाली गरेर र गेमहरूमा प्रयोग गरिरहने समय अध्ययनमुलक सामग्री, विश्वको कुनै कुनामा सफल विषय वस्तुहरू हाम्रो माटोमा, हाम्रो बजारमा प्रयोग गर्ने, रोजगारी वातावरण बनाउनेमा गर्न सक्दैनौ ?

हामी सक्छौं केवल ठेक्कापट्टामा सरकारी कर्मचारीहरू लागि घूस खुवाएर या थर्काएर काम लिन सक्छौ । देशलाई लुट्ने, चुस्ने स्तरहीन काम गर्न सक्छौ । नेताहरूको चुनावमा भोट माग्न, जनता लागि झुक्याउने, ठग्ने, धम्काउने, मतिमार बन्न सक्छौ । ती गलत हो भन्ने जानीजानी उनीहरूका लागि पटकपटक संसद या सरकारमा पुर्याइ क्षणिक आफ्नो स्वार्थ पूर्तिगर्न लालयित छौ । अनि देश कुले बिगार्याे ? हामीहरू युवाहरूले की यी नेताहरूले ?

यी नवराजाहरूले इतिहास पढेर आए । जुन जनताको समृद्धि सेवा नभई जिन्दगी फेरी आउदैन । यहाँसम्म आउँदाको सावाँ–व्याज सबै राजा, महाराजा, देश विदेशकाले कसरी आड्म्वरी स्वर्गीय जीन्दगी जीउछन् । त्यसरी जिउने हो भन्नेमा गएको २०४८ साल यताका अधिकतम पार्टी र नेताहरूमा देखिन्छ । तलदेखी माथीसम्म तै काले मै काले मिलेर खाम भाले । कुन पार्टीको सरकार हुँदा कहाँ कति बेरुजु छ ? सबै लागि थाहाँ छ । तर कोही अछुतो छैन । अनि कसले राष्ट्र र जनता को ढेक्का लिने । अब हामी जनताले कुनै पनि पार्टीका नेता, कार्यकर्ता, मतियारहरू राम्रोसँग चिन्न सक्नुपर्यो । भोटे कुकुर लगाउन सक्नु पर्याे । जुत्ताको माला, कालो मोसो आफ्नै गाउँ ठाउँका स्वार्थी मतियार युवाहरू लागि लगाई बजार घुमाउन सक्नुपर्याे ।

समस्या जरामा छ

पात, हांगा टुप्पोमाउपचार, औषधी गरेर निको हुनेवाला छैन । त्यसै लाज पचाएर फेरी आउने युवा मतियारको पृष्ठभूमि अध्ययन गरी सही खराब, दूधको दूध पानीको पानी हुने गरी असल, सक्षम र इमान्दारहरू अगाडी आउने–ल्याउने वातावरण बनाउँदै जानुपर्छ । कमजोरी हामी जनताहरूको नै छ । नातापाताको, स्वार्थी, लोभी, दादागीरीको, झुठो आश्वासन या डरमा परी सयौ वर्ष (७०)वर्षदेखि पटकौपटक झुक्किएका, डराएका या समर्पण गरेका छौ ।

अनि पछि हामी जनताहरू रोएर कराएर के गर्ने ? नेताहरू जनता सामु उग्र राष्ट्रवाद, आदर्श व्यवहार जीन्दगी प्रस्तुत गर्छन् । भित्र आफ्नो युवा या विश्वाशीला भाइभारदार मार्फत विभिन्न योजना, वजेट, नियुक्ति र व्यापारी कारोबार आदिमा अकुत सम्पत्ति आर्जन गरी आड्म्वरी स्वर्गीय जीन्दगी जीउनसक्ने बनाउछौ ।

२ करोड ८० लाखमा ५०–६० लाख युवा नातावाद, कृपावादको अभाव, आफ्नो आत्मबल र क्षमताको विश्वासको अभाव, वैदेशिक रोजगार भन्दा फ्याट् पाइने ऋणले चर्काे व्याजमा दलालहरूबाट ठगिएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । अनि देशमा ५०–६० लाख युवाहरू कुनै पार्टीको नेता कार्यकर्ता, ठेक्कदार, दादा डन, अनावश्यक अनुत्पादक क्षेत्रमा समय बिताउदै गर्छन् ।सधैं जनताहाई आन्दोलनको अस्त्रको रूपमा प्रयोग गर्ने नेतागणहरूलाई यो भन्दा उत्तम जीवनशैली, सपना अरू के हुनसक्छ ?

कमजोर घर व्यवहार चलाउन नसक्नेले कसरी आन्दोलन गर्ने ? युवाहरू पनि त्यहीँ बाटोमा जाँदा चाडैँ घर बन्ने, गाडी चढिने, घर परिवार नातागोता त्यसैमा वाहीवाही गरिदिने समाज, देश र जनता भएपछि अहिलेको नेता, शासन व्यावस्थालाई गाली गर्नेको तुक छैन जस्तो लाग्छ मलाई । हामी जनताहरूले हाम्रा छोरा छोरी लागि गलत बाटोबाट धनी हुन परेको छैन । गलत राजनीतिमा लागेर स्वार्थ पुर्ति गर्नपरेको छैन भनि प्रत्येक घर परिवारले दुःख होस, कमाइ कम होस, असल र इमान्दारीताको बाटो समात्न प्रेरणा र हौसला दिदै गलत परिपाटीबाट छिटै धनाढ्य हुने लागि इज्जत नभई सामाजिक सामाजिक वहिष्कारको परम्परा जगबाट नै उठाउन नसकेसम्म देशमा केही हुँदैन । हामी त्यसो गर्न किन नसक्ने ?

परिवर्तनको आँट हामी युवाहरूमा हुनुपर्याे । परिवर्तनको आँट हामी जनताहरूमा हुनुपर्याे । पार्टी जुनसुकै हुन– धर्म जुनसुकै हुन । जाति जुनसुकै हुन । असल पृष्टभूमि भएका मान्छेहरू तल्लो तहबाट छान्न सकियो भने मात्र जनताको शासन र व्यवस्था आउने छ । माथि नेताहरूको नातावाद र कृपावादमा टिकट पाउने उसैको आतेपाते भई स्वार्थ या कुनै काम पाउने पट्याउने सपनाले हामीले गलत भन्ने जानीजानी आजको शासन व्यवस्था ल्याएका छौ । त्यसैले कमजोरी हामी जनताहरूकै हो । हामीले नै हाम्रो कमजोरी को भोगाइ सजाय भोग्दै छौ जस्तो लाग्छ मलाई ।

हामीलाई कसैले ठग्दा, छल्दा, धोका दिदा दुःख लाग्छ । असेह्य पीडा हुन्छ । तर राजनीति हाम्रो मात्र होइन । हाम्रा लागि मात्र होइन भनि पन्छाइदिने र थकित पार्न सिपालु नेतागणहरूले हामी जनताहरूलाई बिरालोले मुसा खेलाए झै खेलाएका छन् ।

सचेत बनौँ, इमान्दार र कर्मठ स्थानीय व्यक्तित्व हरेक ठाउँबाट चयन गर्ने हो । आफ्नो स्वार्थ हैन गाउँ समाज, राष्ट्र समृद्ध भए, हामी प्रत्येक नेपाली पनि सम्पन्न र समृद्ध हुन्छौ । सिंगापुर, जापान, स्वीजरल्याड आदि सुन्दै आएका देशहरू जस्तै ।

त्यसैले कमजोरी हामी जनता र युवावर्गमा नै त छैन जस्तो लाग्छ म अनि तपाईं लागि ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More