घर टहरा भत्काइयोघर टहरा भत्काइयो

  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो

‘हाम्रो ठाउँंबाट हामीलाई किन उठाउने’

22 August, 2019 12:00 |पत्रपत्रिका | comments | 13350 Views

    घर टहरा भत्काइयो

    भक्तपुरबाट नगरकोट जाने सडकको तेलकोट बसबिसौनीमा गमली विश्वकर्माले टहरामा चियापसल गरी परिवार पाल्दै आएकी थिइन्। दुई छोरा अनि चार छोरीसहित आठजनाको गमलीको परिवार त्यही चियापसलबाट चल्दै आएको थियो।

    adsads

    तर अहिले उनको सो चियापसलको टहरा डोजर लगाएर भत्काइएको छ। मिर्गौलाका रोगी उनीसहित उनको परिवार अहिले त्यही कारण बिचल्लीमा परेको छ। तेलकोटको घुम्तीमै टहरा बनाएर रामबहादुर तामाङले पनि २०३५ सालदेखि चियापसल गरी ११ जनाको परिवार पाल्दै आएका थिए। तर उनको पनि टहराको आधा भाग डोजरले भत्काइदिएको छ। रामबहादुर भन्छन्, ‘हामी यहीँकै स्थानीयलाई आफ्नै गाउँठाउँमा गरिखान दिने भएनन्, उठिबास गराउने भए।’

    अर्की पीडित मखमली विश्वकर्मा आफूहरूजस्ता सामान्य परिवारलाई कहीँ पनि गरिखान नदिएको भन्दै दुःख व्यक्त गर्छिन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटका वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरहटरा हटाउने कार्य गरेपछि अहिले स्थानीय दुई सयभन्दा बढी परिवारको बिचल्ली भएको छ। डिभिजन वन कार्यालय भक्तपुरको संयोजनमा जिल्लास्थित विभिन्न निकाय र चाँगुनारायण नगरपालिकाको सहजीकरणमा नगरकोट र आसपास क्षेत्रमा सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा हटाउने क्रम यही भदौ १ गतेदेखि हुँदै आएको छ। यस क्रममा यस क्षेत्रमा पर्ने दुई सय पाँचवटा घरटहरा हटाइसकिएका छन्।

    आफूहरू जस्ता सामान्य परिवारलाई आफ्नै गाउँठाउँमा पनि गरिखान नदिएको भन्दै पीडितहरू आन्दोलित छन्। उनीहरूले स्थानीय दिलीप गुरुङको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन्। पर्यटकीय नगरी नगरकोटकै स्थानीय बासिन्दा भए पनि आफूहरूले केही नपाएको गुनासो पीडितको छ। ठुल्ठुला होटलवालालाई भने छुनै नसक्ने तर टहरामा बसिरहेका स्थानीयलाई पटकपटक दुःख दिने गरेको उनीहरूको आरोप छ। यसअघि पनि त्यहाँं १९ वटा घरटहरा हटाइएका थिए। जिल्ला प्रशासन कार्यालय भक्तपुर र सरोकारवाला मन्त्रालयहरूमा आफूहरूले निवेदन दिइसकेको स्थानीयले बताएका छन्।

    नगरकोट बजार क्षेत्रमा भक्तपुर, काठमाडौं र काभ्रेका गरी करिब तीन सय घरटहरा वनको जग्गा अतिक्रमण गरी बनेका छन् । तेलकोटदेखि नगरकोटसम्म दुई सय सातवटा घरटहरा अतिक्रमण गरी बनेका चाँगुनारायण नगरपालिकाको तथ्यांक छ ।

    वन कार्यालयको तथ्यांकअनुसार नगरकोटमा एक सय ६४ रोपनी सामुदायिक वन अतिक्रमित छ । नगरकोटमा सामान्य टहराबाहेक करिब चार दर्जन ठूला तथा साना होटल रहेका छन्। ती होटलहरूले दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने नगरकोट नाल्दुम पर्यटन विकास समितिको तथ्यांक छ। नगरकोटका यी होटलले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्ने तथ्यांक छ।

    आजको नागरिक दैनिकमा खबर छ ।

    सामुदायिक वन क्षेत्र अतिक्रमण गरी १२० रोपनी क्षेत्रफलमा बनेका घरटहरा भत्काइयो

     

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    घर टहरा भत्काइयो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!