हाम्रो भान्साकोठा कस्तो हुनुपर्छ ? वास्तशास्त्रीको सुझाव यस्तो छ

19 May, 2019 10:39 | बिचार | comments | 38100 Views

ज्यो.पं. हरिप्रसाद भण्डारी

भान्साकोठा हाम्रो घरको सबैभन्दा महत्वपुर्ण स्थान हो– जहाँ कच्चा पदार्थहरु पाकेर स्वादिष्ट भोजनका रुपमा तयार हुन्छन् र खानाबाट हामीलाई उर्जा प्राप्त हुन्छ । वास्तुले उर्जाहरुको सन्तुलित प्रवाहमा जोड दिन्छ ।

adsads

यदि खानाबाट हामीलाई सकारात्मक उर्जा प्राप्त भएमा हाम्रो शरीर र मन दुवै स्वस्थ्य हुनसक्छ । यदि भान्सामा नकारात्मक उर्जाको प्रभाव बढी भएमा हाम्रो शारीरिक तथा मानसिक दुबै स्वास्थ्यलाई क्षति पुर्याउँछ ।

वास्तु अनुसार भान्साघरले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ । यदि कुनै घरमा अग्नि तत्वको उचित व्यवस्थापन नभएमा त्यस ठाउँमा बस्ने व्यक्तिको स्वास्थ्य, धन एवं संवेगमा बिचलन आउनेछ । मन सधैं असन्तुष्ट र अतृप्त रहन्छ । हामीले भवन निर्माण गर्दा वास्तुको सामान्य नियमलाई पालना गर्न सकेमा नकारात्मक उर्जा व्यवस्थापन हुन्छ । भान्साकोठामा सकारात्मक एवं सन्तुलित उर्जा प्राप्त भई हाम्रो जिवन स्वस्थ्य, सुन्दर एवं सन्तुलित बन्न सक्छ ।

यदि वास्तु अनुसार भान्साघर को निर्माण हुन नसकेमा विभिन्न समस्याहरु देखिन सक्नेछन् । वास्तु नमिलेको भान्सा कोठामा पकाएको खानामा नकारात्मक उर्जाको प्रवाह बढि हुन्छ र स्वास्थ्य समस्या हरु आई विभिन्न रोगहरु देखिन सक्नेछन । खर्च बढ्ने एवं ऋण पनि बढ्न सक्नेछ र आर्थीक अवस्था मा उतारचढाव देखिनेछ । नकारात्मक उर्जा बढि भएको भान्सा भएमा परिवारमा बेमेल को अवस्था सिर्जना हुनेछ । पति पत्नी विच नियमित झगडा, कुटपिट र अन्त्यमा छोडपत्र समेत हुन सक्नेछ ।

वास्तु अनुसार भान्सा कोठा घरको दक्षिण पुर्व (आग्नेय कोण) दिशा तर्फ निर्माण गर्नु पर्दछ । यदि यो दिशा तर्फ कसै गरी पनि बनाउन सम्भव नभएमा उत्तर पश्चिम (वायव्य कोण) तर्फ पनि बनाउन सकिन्छ । तर भान्साकोठा कहिल्यै पनि घरको उत्तर पुर्व ( ईशान कोण) तर्फ बनाउनु हुँदैन । समग्रमा वास्तु अनुसार भान्साघर बनाउन ध्यानदिनु पर्ने पक्षहरु ।
– बाथरुमको सिधा माथि वा सिधा मुनी पर्ने गरि भान्सा बनाउनु हुँदैन ।
– पुजा कोठाको सिधा माथि वा सिधा मुनी भान्सा बनाउनु हुँदैन ।
– खाना पकाउने चुला भान्सा कोठाको प्रवेश द्धार को सिधा अगाडी हुनु हुँदैन ।
– भान्सा कोठाको ढोका पूर्व वा दक्षिण तर्फ हुनु शुभ हुन्छ ।
– भान्सा कोठा घरको उत्तर पूर्वी कोण – इशान कोण) तर्फ बनाउनु हुँदैन । यो दिशा तिर भान्सा कोठा भएमा परिवारका सदस्यहरु मानसिक रोग बाट पिडित बन्न पुग्नेछन ।
– घरको दक्षिण पश्चिम कोण – नैरित्य) मा भान्साकोठा भएमा परिवारका सदस्य विच वारम्बार विवाद परिरहन्छ ।
– भवन को उत्तर तर्फ भान्सा घर भएमा जति धेरै आम्दानी भएपनि खर्च पनि उत्तिकै बढ्नेछ ।
– भान्सा कोठामा खाना तयार गर्ने व्यक्ति ले पुर्व तर्फ फर्किएर खाना तयार गर्नु शुभ हुन्छ ।
– भान्साकोठा को भित्तामा कालो रंग प्रयोग गर्नू शुभ हुँदैन, हलुका पहेंलो, हलुका गुलाबी, चकलेट रंग र हलुका रातो रँग प्रयोग गर्नु शुभ मानिन्छ ।
– भान्सा कोठा भित्र खाना पकाउने चुला दक्षिण पुर्वको कुना तर्फ, पानीको धारा उत्तर तर्फ र रेफ्रिजरेटर लगायत अन्य मेशिनरी सामानहरु कोठाको दक्षिण वा पश्चिम कुना तर्फ राख्नु उत्तम हुन्छ ।
– भान्सा कोठामा झ्याल पुर्व र पश्चिम तर्फ बनाउनु शुभ हुन्छ ।
– बसेर खाना खाने स्थान वा डाईनिङ टेबल कोठाको मध्य भागमा वा पश्चिम दिशा तर्फ बनाउन सकिन्छ ।
– भान्सा मा खाना बनाउने मानिसे खुशी एवं सकारात्मक भएर काम गरेमा त्यसमा सकारात्मक उर्जाको प्रवाह भई खानेकुरा थप स्वादिलो बन्न सक्नेछ ।
– भान्सा कोठा सदैव सफा हुनु आवश्यक छ ।

यदि हामीले वास्तु अनुसार उल्लेखित कुराहरु व्यावहारिक रुपमा लागु गर्न सकेमा हाम्रो भान्सा कोठा मा सकारात्मक उर्जाको प्रवाह निरन्तर भएर हामी अनि हाम्रो परिवार स्वस्थ्य, सुखी र सम्पन्न बन्न सक्नेछ ।

][ज्यो.पं. हरिप्रसाद भण्डारी (वरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क +९७७–९८४२२१९७३५]

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!