चेक हस्तान्तरण चेक हस्तान्तरण

  • चेक हस्तान्तरण
  • चेक हस्तान्तरण
  • चेक हस्तान्तरण
  • चेक हस्तान्तरण
  • चेक हस्तान्तरण
  • चेक हस्तान्तरण

हावाहुरी पीडितका लागि प्रदेश नं १ सरकारद्वारा एक करोडको चेक हस्तान्तरण

13 May, 2019 22:53 | जन सरोकार , प्रदेश | comments | 14100 Views

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले सोमबार प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

adsads

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश नं १ ले सानो सहयोग गरेर प्रदेश नं २ को विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतले प्रदेश नं १को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएपछि प्रदेश प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताउनुभयो । बारा पर्सामा गत चैत १७ गते आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको हो भने करोडौँको धनमालको क्षति भएको थियो ।

कर्मचारीको एक दिनको तलब
प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालय तथा निजी सचिवालयका कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी बारापर्साका हावाहुरीबाट प्रभावितका लागि पठाएका छन् ।

हावाहुरीका कारण प्रभावित तथा घाइते भएकाहरुका लागि राहतस्वरुप उक्त रकम पठाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत यही वैशाख २७ गते उक्त रकम पठाइएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।

नेपाली सेनाले हावाहुरीबाट प्रभावितको एक हजार ४५३ घर बनाउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चेक हस्तान्तरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More