हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड

7 April, 2019 00:18 | कर्णाली प्रदेश , प्रदेश | comments | 25800 Views

बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

adsads

प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नं २ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए । यसअघि कांग्रेस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० श्ययाको प्रेषण (रेफरल) अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । हाल ५० श्ययाको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हावाहुरी प्रभावित क्षेत्रमा भिभिआइपी : रित्तो हात आए, धुलोमात्रै उडाए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!