नेपाली भाषा कक्षा संचालन नेपाली भाषा कक्षा संचालन

  • नेपाली भाषा कक्षा संचालन
  • नेपाली भाषा कक्षा संचालन
  • नेपाली भाषा कक्षा संचालन
  • नेपाली भाषा कक्षा संचालन
  • नेपाली भाषा कक्षा संचालन
  • नेपाली भाषा कक्षा संचालन

हिमालयज् लायन्स क्लबद्धारा दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन

28 January, 2019 14:17 | प्रबास | comments | 5550 Views

नेपाली भाषा कक्षा संचालन

नातिबाबु भट्ट, कोलोराडो अमेरिका – कोलोराडोको लङमन्ट स्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा शनिबारबारबाट सुरु भएको छ ।लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा क्लबका अध्यक्ष बिकल पराजुली र शिक्षिका यसोदा भट्टबाट संयूक्तरुपमा दिप प्रज्वलन गरि विद्याकी देवी सरस्वतीको मूर्तिमा पूजा गर्दै कक्षा शुरुवात गरिएको हो ।

adsads

नेपाली राष्ट्रियगान गाउंदै अगाडी बढाइएको भाषा शिक्षा कक्षामाको पहिलो दिन ४ छात्रा सहित ११ जना बालबालिकाको उपस्थिती रहेको थियो । प्रत्येक शनिबार ९.३० बाट १०.३० बजे सम्म संचालन हुने कक्षा, बाल बलिका तथा अभिभावकबाट समय बढाउने सुझाव आएमा बिचार गर्न सकिने लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

नेपाली भाषा कक्षा संचालन

भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता बिभिन्न माध्यमबाट भाषा सिकाउने योजना रहेको लायन्स ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठले बताएका छन् ।

प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहाँ जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष बिकल पराजुलीले बताएका छन् । लङमन्टमा भाषाकक्षा शुरु हुने खबर पाएपछि कोलोराडोको अन्य शहरबाटपनि नेपाली भाषाकक्षा संचालन गरिदिन आग्रह भएकोले स्थानीयहरु संघ संस्थाहरुको सम्मन्वयमा यसको अध्ययन गरिने उनले बताएका छन् ।
नेपाली भाषा कक्षा संचालन

लायन्सले दोश्रो चरणको नेपाली भाषा कक्षा संचालन गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली भाषा कक्षा संचालन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!