हिमाली क्षेत्र सुन तस्करीको नयाँ मार्ग- पाँच किलो सुनसहित भोटे पक्राउ

17 October, 2019 11:34 | जन सरोकार | comments | 14100 Views

तिब्बतसंग नाकाा जोडिएका हिमाली जिल्ला सुन तस्करीको नयाँ मार्ग बन्न थालेको खुलेको छ । हालै सङ्खुवासभा प्रहरीले पाँच किलोग्राम सुनसहित तोप्चेन भोटेलाई पक्राउ गरेपछि यस्तो पाइएको हो ।

संखुवासभाको भोटखोला गाउँपालिकाबाट पक्राउ परेका २६ वर्षीया भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिनुभयो ।

  

प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको थियो । सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More