हिरो नं. १ हिरो नं. १

  • हिरो नं. १
  • हिरो नं. १
  • हिरो नं. १
  • हिरो नं. १
  • हिरो नं. १

‘हिरो नं. १’को सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

5 September, 2019 18:00 | कला/मनोरन्जन , कलिउड | comments | 23400 Views

हिरो नं. १

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भूमिका रहेको चलचित्र “हिरो नं. १” सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द्व, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेयको सम्पादन रहेको छ ।

  

मदन ताम्राकार कार्यकारी निर्माता र बिक्रम माङ्मु एवम बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र “हिरो नं. १” यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँन लागेको छ । निर्माण क्रममा नै व्यापक चर्चा भएको यो चलचित्रलाई विशेष तरिकाले हेरिएको छ ।

सेन्सर पास

यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवं अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत “हिरो नंं. १” सफल हुनेमा उत्साही देखिन्छन् ।

चलचित्र ‘हिरो नं. १’को तेश्रो गीत सार्वजनिक (भिडियो सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हिरो नं. १

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More