हिरो नं. १ युरोपका दर्जनौं देशमा प्रदर्शन हुँदै
नायक जय किशन बस्नेतले निर्माण एवं निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ नेपालमा सफल प्रदर्शन भएपछि विदेशमा पनि ब्यापक माग भएको छ । नेपालका दर्शकहरुले अत्याधिक मन पराएपछि बिदेशमा पनि यो चलचित्रको माग भएको हो ।
जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं. १ स्विजरल्याण्ड, अमेरिका, जर्मन, फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, बेलायत, क्यानाडा, मलेसिया र सिंगापुरमा प्रदर्शन गर्ने सम्झौता भई सकेको छ भने अन्य देशहरुमा पनि माग भई रहेको बताईएको छ ।


ती देशहरुमा आफ्नो चलचित्र प्रदर्शनको लागी सम्झौता भएपछि नायक एवं निर्देशक जय किशन बस्नेत आजैदेखि प्रकृयाको दौडधुपमा लागेका छन् । चलचित्र हिरो नं. १ गत भदौ २७ गतेदेखि देशब्यापी प्रदर्शनमा आएको थियो । उपत्यका भित्र र बाहिर गरी कुल ८५ वटा हल पाएको यस चलचित्रले हालसम्म पनि उत्साहजनक ब्यापार गरि रहेको छ ।
यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहन्वी बस्नेत, एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौला, संघरत्न महर्जन, टार्जन, प्रनिपराज अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अघिल्ला चलचित्र भन्दा हिरो नं. १ मा दर्शकहरुले झन् सकारात्मक प्रतिक्रिया दिएपछि उत्साहित बनेका नायक बस्नेतको यसपाली दशैं तिहार नै विदेशमा चलचित्रको प्रदर्शन गरेर बित्ने भएपछि अत्यन्त खुशी देखिएका छन् ।
‘हिरो नं. १’को सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने
तपाईंको प्रतिकृया
ताजा समाचार
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
- “संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक”
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


