हुलाकी सडकको गति ४५ महिनामा १४ किमी कालोपत्र
कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको छ । निर्माण कम्पनीहरुको लापरबाहीका कारण सो सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको हो । २०७३ साल फागुनमा ३० महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीनवटा प्याकेजमा ठेक्का दिइएको भए पनि दुई पटक म्याद थप गर्दा पनि निर्माण पूरा हुन सकेको छैन ।
हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पदमबहादुर मडैले निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको बताउनुभयो । “तीन वटै प्याकेजमा गरेर अहिलेसम्म साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ”, उहाँले रासससँग भन्नुभयो, “तेस्रो खण्ड ९बेल्डाँडीदेखि दैजीसम्म० मा निकुञ्जको प्रक्रिया मिलाउँदा एक वर्ष ढिला शुरु भएको थियो ।”


उहाँका अनुसार सडक निर्माणका लागि ठेक्का भएको चार वर्ष पुग्न लाग्दासमेत अझै काम दु्रत गतिमा देखिएको छैन । तीनवटै प्याकेजमा गरेर ७० प्रतिशत काम सकिएको छ । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । अन्तिम प्याकेज ९बेल्डाँडीदेखि दैजीसम्म० को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले रूख कटान प्रक्रिया कारण केही ढिलाइ भएको उहाँको भनाइ छ । ।
त्यसैगरी, बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धिसाइँ जेभीले पाएको भए पनि निर्माणको गति भने सन्तोषजनक छैन । “दोस्रो प्याकेजमा एक हजार २०० मिटर सडकमा नेपाल–भारत सीमा विवाद भएकाले त्यहाँको काम अन्तिममा गर्ने भनेर अरू ठाउँमा काम हुँदैछ”, सूचना अधिकृत मडैले भन्नुभयो, “उक्त सडक भारतीय पक्षले आफ्नो दाबी गरिरहेकाले त्यसको हल भएको छैन ।”
रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नु परेको छ । पहिलो पटक म्याद आठ महिना थपिएको थियो । दोस्रो पटक म्याद एक वर्ष थप्ने भनिएको छ । निर्माण कम्पनीहरुले आठ महिनामै सक्ने भने पनि त्यो अझै पूरा भएको छैन ।
“पहिलो र तेस्रो खण्डको म्याद गत साउनमै सकियो भने दोस्रो खण्डको कामको अवधि यो महिना मात्रै छ”, इन्जिनीयर मडैले भन्नुभयो, “पहिलो खण्डको आगामी माघसम्म म्याद थप भए पनि दोस्रो र तेस्रो खण्डको थपिएको छैन ।” गत चैतयता कोरोना कहरका कारण भएको बन्दाबन्दीले पनि निर्माण कार्य प्रभावित बन्न पुगेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
“चैत, वैशाख र जेठमा कालोपत्र गरिन्थ्यो”, सूचना अधिकारी मडैले भन्नुभयो, “यो पालि कोरोनाका कारण त्यो समयमा काम गर्न सकिएन ।”
तपाईंको प्रतिकृया
ताजा समाचार
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


