हुलाकी सडकमा कमसल निर्माण सामग्रीको प्रयोग
कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । शिवराज नगरपालिका खरेन्द्रपुर–शीतलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि समग्र मधेशको विकाससँग जोडिएको सडकको गुणस्तरमाथि प्रश्न खडा भएको छ ।
सडक निर्माणको जिम्मा पाएको काठमाडाँैको स्वछन्द सिरुवा वल्डवाइड जेभी कम्पनीले अहिले सोही सडकखण्डमा कल्भर्ट निर्माणको काम गरिरहेको छ । सडक पूर्वाधारको रुपमा रहेको कल्भर्ट निर्माणमा नै निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको पाइएको छ । एक नम्बरी पक्की इँटाको प्रयोग गर्नुपर्ने ठाउँमा कमसल इँटालगायत अन्य सामग्री प्रयोग गरेको स्थानीयवासीले बताएका छन् ।


तोकिएको मापदण्डअनुसार एक नम्बरी इँटा प्रयोग गरी कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि कम्पनीले कमसल खालको इँटा प्रयोग गरी निर्माण गरेकाले कल्भर्टको भविष्यमाथि नै स्थानीयवासीले प्रश्न उठाएका छन् । घर निर्माणमा समेत प्रयोग नहुने कमसल इँटा कल्भर्ट निर्माणमा प्रयोग भएको छ । यस्तो कमसल सामग्री प्रयोग भएको कल्भर्टले कतिसम्म धान्ला ? स्थानीयवासी बाहाउ धोबीले भन्नुभयो । निर्माणका क्रममा पटकपटक इँटा गुणस्तरहीन भएको भनेर आवाज उठाउँदासमेत आयोजना तथा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयवासी सुवास कुर्मीको गुनासो छ ।
खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी सडक आयोजनाका सुपरभाइजर नागेन्द्र मिश्रले शुरुआतदेखि नै ठेकेदार पक्षले गुणस्तरहीन इँटा प्रयोग गरेको बताउनुभयो । “मैले पटकपटक ठेकेदार पक्षलाई यो विषयमा जानकारी गराएको हुँ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक आयोजनालाई जानकारी गराई दुई ट्र्याक्टर इँटा फिर्ता गराए । हुलाकी सडकमा निर्माण भइरहेको कल्भर्टमा कमसल इँटा प्रयोग भएको हुलाकी सडक आयोजनाले स्वीकार गरेको छ ।”
हुलाकी सडक आयोजना कार्यालय गोरुसिंहका प्रमुख रामकुमार देवले सडकमा कमसल सामग्री प्रयोग भएको सूचना आएपछि आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले सडकको अनुगमनपश्चात् गलत पाइए सच्चाउन निर्देशन गर्ने बताउनुभयो ।
उक्त साइट हेरिरहेका इञ्जिनीयर शरद आचार्यले कमसल इँटा आएको स्वीकार गर्दै फिर्ता गरिएको बताउनुभयो । निर्माण पक्षका साइड इञ्चार्ज भरत चौलागाईले आफूहरूले गुणस्तरीय इँटा माग गरे पनि उद्योेगले कमसल इँटा पठाएको बताउनुभयो । कपिलवस्तुको खरेन्द्रपुर, शीतलापुर, भिल्मी सडकखण्ड निर्माणका लागि रु ७६ करोड ६४ लाख ६३ हजार ६६२ को लागतमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण पक्षले कामको जिम्मा लिएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- भोलदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
- हिमालमा हिउँ टल्कनै छाडेपछि हराउँदै सौन्दर्य
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


