हृदयघातको कारण उपत्यकामा चार जनाको मृत्यु

13 May, 2015 13:52 | जन सरोकार , मध्यमाञ्चल | comments | 38400 Views

उपत्यकामा मंगलबारको पराकम्पनमा आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको चिकित्सकहरुको भनाई छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र ललितपुरमा एक जनाको ज्यान गएको हो ।

एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयघातबाट ज्यान गएको हो। हृदयघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका रहेका छन् ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

उद्दार

फेसबुक

उद्दार

ट्वीटर

सामाजिक सञ्जाल

More