हृदयन्द्रको गालामा प्रहरीको लट्ठी- सहन नसकेर जाइलागे पारस

20 August, 2019 12:12 |राजनीति | comments | 56100 Views

    पूर्व पुवराज पारस शाहले आइतबार साँझ त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गर्नुको कारण खुलाउनुभएको छ । उहाँले फेसबुकमार्फत सो घटनाप्रति क्षमा माग्दै आफूले किन त्यसो गरे भन्ने विषयमा स्पष्टिकरण दिंदै निर्णय नेपाली जनताको हातमा रहेको बताउनुभएको छ ।

    adsads

    शाहले फेसबुकमा विमानस्थलका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताउँदै लेख्नुभएको छ- “मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागे । त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु ।”

    यसैबीच पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन थालेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिंदै भन्नुभएको छ ‘विमानस्थल प्रहरीलाई घटनाबारे भएको के हो विवरण चाहियो भनेर भनेको छु । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

    मलाई राजा बन्ने रहर छैन तर देश युवा पुस्तालाई सुम्पनुपर्छ : पारस शाह

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!