हृदयाघातका कारण कुवेतमा दुई नेपालीको मृत्यु

24 August, 2015 17:17 | प्रबास | comments | 44250 Views

Durga- Kumar हृदयघात कारण कुबेतमा दुई नेपालीको मृत्यु भएको छ । कुवेतमा नेपालीहरुको क्रियाशील संघ संस्थामा आवद्ध झापाका दुर्गाप्रसाद ढुंगेल र कुमार पौडेलको हृदयघातका कारण मृत्यु भएको हो ।

कुबेतमा हृदयघात कारण नेपालीहरुको संस्थाहरुमा क्रियाशील एक नेपालीको निधन भएको छ । बिगत चार बर्षदेखि कुवेतको तान्जिप कम्पनीमा कार्यरत नेपालको झापा जिल्ला गौरादह निवासी ४३ का दुर्गाप्रसाद ढुंगेल नेपालीहरुको संस्थाहरुमा क्रियाशील थिए ।

शनिबार राती १० बजेको समयमा साथीहरुसँंग गफ गर्दा गर्दै ढलेका थिए । ढुंगेललाई सँगै रहेका साथी टिकाराम आचार्यले शनिवार राती नै फर्वानिया हस्पिटल पुर्याएका थिए ।

  

कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ढुंगेल मेचीकाली एकता समाजका अध्यक्ष, कोशेली समुह र झापाली समाज कुबेतका सचिव थिए। सामाजिक कार्यमा पनि उत्तिक्कै खट्ने ढुंगेल केही वर्षदेखि पत्रकारिता समेत सुरु गरेका थिए ।ढुंगेलका श्रीमती र दुई छोरी छन्।

यस्तै कुबेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत झापा दामुनका ३६ वर्षका कुमार पौडेलको हृदयघातकै कारण निधन भएको छ । कुबेतको मीन अब्दुल्लाबाट आफ्नो कार्यालय समय सकेर फेन्टासस्थित कम्पनी क्याम्पमा आएपछि अचानक रक्तचाप बढेको थियो ।

रक्तचाप बढेपछि प्यानाडोलको औषधि सेवन गरेका उनी एक्कासी भुइँमा ढलेका थिए । पौडेल ढलेपछि अताल्लिदै संगै रहेका साथीले अस्पताल लैजाने तयारी गर्दा गर्दा निधन भएको उनका साथीहरुले बताएका छन् ।दुबैको शव नेपाल पठाउन पहल भईरहेको नेपाली दुताबासले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More