हेटौँडा–कुलेखानी खण्डको दोस्रो प्रसारण लाइन निर्माण सम्पन्न

19 July, 2015 09:43 | जन सरोकार , मध्यमाञ्चल | comments | 239250 Views

हेटौँडा–कुलेखानी खण्डको दोस्रो प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। प्रसारण लाइन निर्माणमा जग्गा प्राप्ति र मुआब्जा वितरणको समस्या भइरहेका बेला विद्युत् भार कटौतीलाई हल गर्न महत्वपूर्ण मानिएको सो आयोजना हालै सम्पन्न भएको हो।
htd

कुल ३२ किमी लामो सो प्रसारण लाइन १३२ किलोभोल्ट क्षमताको हो। हेटौँडाबाट मातातीर्थ हुँदै काठमाडौँको स्युचाटार जोडिएको सो प्रसारण लाइनले पूर्वाञ्चलको विद्युत् सहज रूपमा राजधानी ल्याउन र पश्चिमाञ्चलबाट काठमाडौँ आएको विद्युत्लाई पूर्व लैजान सहज भएको छ। स्युचाटारमा सवस्टेसनसमेत निर्माण सम्पन्न भएकाले विद्युत् भार कटौती घटाउन केही सहज भएको हो।

सरकारले गत आर्थिक वर्षमा सम्पन्न गरेका ऊर्जा क्षेत्रसँग सम्बन्धित कार्य प्रगति विवरणअनुसार निर्माणाधीन ४० वटा प्रसारण लाइनमध्ये सो प्रसारण लाइन सम्पन्न भएकोे छ। अधिकांश प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिको समस्या बल्झिँदै आएको भए पनि त्यसलाई समाधान गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ।

  

खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण प्रक्रिया सबैभन्दा बढ्ता जटिलतामा फसेको छ। सिन्धुलीमा छवटा टावर निर्माण हुन नसक्दा विगत १५ वर्ष पहिले सुरु भएको आयोजनाले पूर्णता पाउन सकेको छैन। नेपाल विद्युत् प्राधिकरण र सो आयोजनाको प्रमुख लगानीकर्ता विश्व बैंकले समस्या समाधानका लागि दर्जनौँ पटक प्रयत्न गरे पनि सफल हुन सकेको छैन।

मुआब्जा वितरणमा देखिएको समस्याका कारण सो आयोजना निर्माण सम्पन्न हुन सकेको छैन। तर विवाद देखिएको भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु भएको छ। कुल २२० किलोभोल्ट क्षमताको सो आयोजनाको विस्तृत सर्वेक्षणको काम सम्पन्न भएको र चालु आवबाटै सुरु गर्ने लक्ष्य राखिएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More