‘हैट’ ! बुद्दी तामाङ आए दिपा-दिपकको ग्याङमा

17 March, 2016 15:20 |कला/मनोरन्जन , कलिउड | comments | 532950 Views

    अभिनेत्री दिपाश्री निरौलाले निर्देशन गर्न लागेको चलचित्र ‘छक्का पन्जा’मा अर्का केमेडियन बुद्दी तामाङको प्रबेश भएको छ । केमेडी जनराको चलचित्रको निर्माण ग्याङमा ‘हैट’ भनेर चिनिने बुद्दी तामाङले प्रबेश पाएका छन् ।

    adsads

    buddi tamang

    दिपा र दिपकराज गिरीको समुहमा उनी पहिलो पटक अटाएका हुन् । यस चलचित्रमा कमेडियन दिपकराज सहित केदार घिमिरे ‘माग्ने बुढा’, शिवहरी पौडेल र जितु नेपाल मुख्य भुमिकामा रहने भएका छन् । भने नायिकामा प्रियंका कार्की नै अनुबन्धित भएकी छिन् । निर्माण पक्षले केहि समय अघि कलाकारको नाम सार्नबजनिक गरे पनि आज साँझ राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक दिपाश्रीले बुद्दी संग काम गर्न पाउदा खुसी लागेको बताउदै उनको प्रसंसा समेत गरिन् ।

    यस्तै बुद्दीलाई आफ्नो क्याम्पमा ल्याउदा उत्साहित समेत देखिन्थिन् । हाँस्य कलाकार बुद्दी तामाङ पछिल्लो समयका चल्तीका हाँस्य कलाकार हुन् । उनको क्रेज कुनै नायक नायिकाको भन्दा कम छैन् । उनकै कारण सिरियल र फिल्म समेत टिक्ने गरेका छन् । यसै फिल्मका लागि कलाकारहरुलाई दिपाश्रीले कडा निर्देशन दिईसकेकी छिन् ।

    उनले दिपकराज गिरीलाई १० केजी तौल घटाउन र प्रियंका कार्कीलाई ७ केजी तौल बढाउन निर्देशन दिएकी छिन् । निर्देशनकको कडा निर्देशन आए संगै दुबै कलाकारले काम सुरु गरिसकेका छन् । यो समुहले निर्माण गरेको चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ब्यापारिक रुपमा सफल रहे । ‘छ’ फाप्ने गरेको यो समुहको चलचित्र ‘छक्का पन्जा’ को चैत्र दोस्रो साता बाट छाँयाकन सुरु हुनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!