११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

हैदरावादमा २६ वर्षीया डाक्टरको बलात्कारपछि हत्या

29 November, 2019 23:11 |विश्व समाचार | comments | 8850 Views

    भारतमा २६ वर्षीया पशु डाक्टर पोतुला प्रियंका रेड्डीको बलात्कारपछि हत्या भएको छ । हैदरावादको शादनगरकी डाक्टर रेड्डीको बुधबार अस्पतालबाट घर फर्किँदै गर्दा बलात्कारपछि हत्या भएको हो ।

    adsads

    बुधबार साँझ घरमा निरन्तर फोन सम्पर्कमा रहेकी उनी बहिनीसंग कुरा गर्दागर्दै मोबाइल स्वीच अफ भएको थियो । रातभरिको खोजतलासका क्रममा बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाएपछि प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो ।

    घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिएका थिए । प्रहरीले घटनाको अनुसन्धान गर्न १० सदस्यको टोली बनाएको छ।

    प्रियंकाको बलात्कारपछि हत्या भएको देखिएको छ। बलात्कारको पुष्टी हुन नसकोस् भनेर उनीहरूले प्रियंकालाई जलाएको हुनसक्ने प्रहरीको ठहर छ । प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

    घटना विवरण यस्तो थियो अस्पतालबाट घर फर्कने क्रममा उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो । त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ । रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीँ अड्किएकी थिइन् । प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो । उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन्म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु ।

    केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी थाल्यो। रातभरि केही पत्ता लागेन।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More