होकाइदोमा आणविक उर्जा परियोजना रोक्न दायर भएको मुद्दा अदालतद्वारा अस्वीकार

21 March, 2018 16:11 | जापान | comments | 85200 Views


होकाइदोमा आणविक उर्जा केन्द्रको निर्माण स्थगन गर्नका लागि दायर गरिएको रिट उत्तरी जापानको एक अदालतले अस्वीकार गरेको निर्माता इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी ( जे पावर) ले बताएको छ ।

२०११ को फकुशिमाको दुर्घटनाका कारण ठप्प भएका कैयौँ आणविक उर्जा केन्द्रहरुले ओहमा परियोजनाबारे होकाइदोको हाकोडेट जिल्ला अदालतको उक्त सुनुवाइको स्वागत गरेका छन् । यस परियोजना निर्माणको विरुद्धमा होकाइदोका ११ सय बढी स्थानियले २०१० मा मुद्दा दायर गरेका थिए । २००८ मा निर्माण सुरु भएको १३८३ मेगावाटको यो परियोजनामा उर्जा स्रोतको रुपमा युरेनियम र प्लुटोनियममा अक्साइडको मिश्रण प्रयोग गरिने छ तर २०११ मा यसको निर्माण स्थगन भएको थियो । कम्पनीले सुरक्षाका नयाँ उपाय अवलम्बन गर्नुपर्ने भएकाले २०१२ मा उक्त परियोजनाको निर्माण कार्य सुचारु भएको र अहिलेसम्म यसको ३८ प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रवक्ताले बताए ।

२०१६ मा जे पावरले परियोजना सम्पन्न गर्ने योजना २०२४/२५ का लागि सारेको थियो र यसका लागि आफुहरुले आवश्यक प्रयास गरिरहेको प्रवक्ताले बताए । जापानमा आणविक उर्जाका आलोचकहरुले धेरैजसो मुद्दाहरुमा सफलता प्राप्त गरिरहेको अवस्थामा यस परियोजनाको पक्षमा उक्त निर्णय आएको हो ।

  

टेप्को र अन्य कम्पनीले पहिलोपटक संयुक्त आणविक उर्जा केन्द्र सञ्चालन गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More